बन्दले महिलाहरुको बिरोध थेग्न सकेन

Banda 3सञ्चारपत्र सम्वाददाता
भरतपुर, २२ भदौ
एकीकृत नेकपा (माओवादी) ले शनिबार आहन गरेको चितवन, गोरखा र उपत्यका बन्द चार घण्टामै फिर्ता लियो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा सम्लग्न रहेको आरोपमा प्रहरीले शुक्रबार आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एमाओवादीले बन्द आव्हान गरेको थियो ।
बिहान आठ बजेबाट शुरु भएको बन्द दिउँसो १२ बजे खुलेको थियो । हरितालिका तीज पर्वको अघिल्लो दिन गरिएको बन्द महिलाहरुको व्यापक विरोध थेग्न नसकेर माओवादीले चार घण्टामै फिर्ता लिएको हो ।
बन्दको क्रममा टाढाबाट आएका यात्रुहरु नारायणगढको पुलचोकमा अलपत्र परेका थिए । उनीहरुले बन्द बिरुद्ध आक्रोश पोखेका थिए । महिलाहरु र बन्दकर्ताहरु बिच बिहान साढे ११ बजे केहीबेर भनाभन समेत भएको थियो । Read the rest of this entry »

‘वीपीको सिद्धान्त जीवन्त’

नारायणगढ, २२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले प्रजातान्त्रिक प्रकृयाले पूँजीवादलाई पनि फालेर समाजबाद ल्याउने बताएका छन् । एकसयौं बीपी जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनले शनिवार नारायणगढमा आयोजना गरेको बीपी कोइरालाको राजनीतिक, साहित्यिक व्यक्तित्व विÈयक विचार गोष्ठीमा बोल्दै उहा“ले बीपीको सिद्धान्त आज पनि जिवन्त रहेको बताए ।
शोÈणको विरुद्धमा जन्मेको वाद नै समाजबाद भएको भन्दै महतले बीपीको व्यक्तित्वलाई कसैले पनि नकार्न नसक्ने तर्क गरे । कांग्रेसले सत्तामा पुग्दा बीपिको आदर्श र सिद्धान्तलाई विर्सियो भन्नु आरोप मात्र भएको उनको भनाई थियो ।
कार्यक्रममा डाक्टर तुलसी भट्टराई र डाक्टर नारायण चालिसेले बीपीको व्यक्तित्व सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्राध्यापक डाक्टर देवी कँडेल र उपप्राध्यापक डाक्टर बासुदेव भण्डारीले टिप्पणी गरेका थिए । कार्यक्रम प्रजातान्त्रिक विचार समाज, चितवनका सभापति नारायण चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Older posts «

» Newer posts