अस्ताए फत्तेमान : राष्ट्रिय सम्मान दिन सरकारको कन्जुस्याइँ

phattemanसञ्चारपत्र सम्वाददाता
काठमाडौं, २५ भदौ
    ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो….., यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले….., मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन, सान्ननीको गालैमा कालो कोठी रैछ, नजर नै तिरमिर गराउने….., बनै खायो डढेलोले मनै खायो…..’ जस्ता कालजयी गीत गाएका सुमधुर स्वरका धनी बरिष्ठ गायक तथा सङ्गीतकार फत्तेमान अब हामीबाट सदाका लागि बिदा भएका छन् ।
 फोक्सोको क्यान्सरसँग जुध्दा जुध्दै ७७ वर्षको उमेरमा सोमबार राति राजधानीको ओम अस्पतालमा फत्तेमानको निधन भएको हो । वि.सं १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले चारसय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् ।
स्वर्गीय राजभण्डारीको मंगलवार पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार अन्त्येष्टी गरियो । उनको पार्थीव शरीरमा जेठा छोरा रविन्द्र राजभण्डारीले दागवत्ती दिएका थिए ।
स्व. राजभण्डारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पुगेका अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । वरिष्ठ गायक स्व. राजभण्डारीलाई श्रद्धाञ्जलि दिन कला क्षेत्रका व्यक्तिहरुलगायत समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू पशुपति आर्यघाट गएका थिए । Read the rest of this entry »

घट्दै डेंगु ज्वरोका विरामी

Mosquito-da-dengue-285x280आनन्द पोखरेल
चितवनमा डेंगुका विरामी ः
आव २०६७/०६८ मा सात सय ३९ जना
आव २०६८/०६९ मा ६८ जना
आव २०६९/०७० मा नौ सय ४६ जना
गत साउन महिनामा सात जना
भरतपुर, २४ भदौ
चितवनमा डेंगु ज्वरोका विरामी घट्दै गएका जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । चितवनमा आर्थिक वर्ष २०६७÷०६८ मा डेंगु ज्वरो महामारीको रुपमा देखिएको थियो ।   
जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आव २०६७÷०६८ मा चितवनका अस्पतालहरुबाट सङ्कलित तथ्याङ्क अनुसार सात सय ३९ जनामा डेंगुको लक्षण देखिएको थियो । त्यस बेला तीन हजार दुई सय ९८ जनामा डेंगु परीक्षण गरिएको थियो ।
आव ०६७÷६८ पछि डेंगु ज्वरो नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले विभिन्न कार्यक्रम आयोजना गरेको कार्यालयका भेक्टर कन्ट्रोल ईन्चार्ज रामकुमार केसीले जानकारी दिए । कार्यक्रम प्रभावकारी भएको कारण डेंगुका विरामीहरु घट्दै गएका केसीले जानकारी दिए ।
कार्यालयले दिएको जानकारी अनुसार आव २०६८÷०६९ मा शंकास्पद एक हजार एक सय ७४ व्यक्तिहरुमा गरिएको परीक्षणमा ६८ जनामा डेंगुको लक्षण भेटिएको केसीले जानकारी दिए । साथै आव २०६९÷०७० मा नौ सय ४६ जनामा डेंगु परीक्षण गरिएकोमा ५२ जनामा यसको लक्षण देखिएको थियो ।
डेंगु विषाणुद्वारा संक्रमित भएको ‘एडिस एजिप्टाई’ नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो सर्ने गर्दछ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार आव ०६७÷६८ मा डेंगु रोग महामारीको रुपमा देखिएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । यस कार्यक्रमलाई वार्षिक रुपमा वर्षको दुई पटक जेठ÷असार र असोज महिनामा सञ्चालन गरिने पनि केसीले जानकारी दिए । Read the rest of this entry »

Older posts «

» Newer posts