चितवन अस्पतालको एम्बुलेन्स नियन्त्रणमा

ambulalceनियम बिपरित एम्बुलेन्स विक्रि गरेको र भन्सार नतिरी
किर्ते गरेर नयाँ एम्बुलेन्स खरिद गरेको आरोप
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २६ भदौ
जिल्ला प्रहरी कार्यालय, चितवनले चितवन अस्पताल प्रा. लि. को दुई वटा एम्बुलेन्स अनुसन्धानको लागि मंगलबार नियन्त्रणमा लिएको छ । ना १ ज ८८०९ नम्बर प्लेटको  र अर्को नम्वर नखुलेको नयाँ एम्बुलेन्स गरी दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिईएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिएका छन् ।
चितवन अस्पताल प्रा. लि. ले किर्ते गरि गैर कानुनी रुपमा एम्बुलेन्स गरिद गरेको समाचार प्रकाशमा आएको थियो । ‘पत्रिकाहरुले छापेको समाचारमा प्रमुख जिल्ला अधिकारीले चासो राखेपछि अनुसन्धानको लागि चितवन अस्पताल प्रा. लि. को एम्बुलेन्स नियन्त्रणमा लिएका हौं’ डिएसपी राउतले भने । Read the rest of this entry »

बढ्दै लोपोन्मुख दुर्लभ चरा

GUD RA CHARA 2मोहन बस्याल
रत्ननगर, २५ भदौ
पूर्वी चितवनको रत्ननगर– ७ मा रहेको टिकौली तालको संरक्षण तथा व्यवस्थापन गरेपछि ताल वरिपरि लोपोन्मुख दुर्लभ चराहरुको संख्या बढेको छ । टिकौली ताल क्षेत्रमा विगत चार वर्ष देखि नेपालमै दुर्लभ रहेका लोपोन्मुख पाँच प्रजातिका चरा र तिनका गुँडहरु प्रशस्त देखिन थालेको बर्ड एजुकेशन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए ।
सोसाईटीले गरेको गणनामा ताल आसपासको क्षेत्रमा मात्र घुँगीफोर गरुढको चार सय ३१ वटा गुँड फेला परेको बिडारीले बताए । यस्तै, नेपालमै दुर्लभ मानिएको सोईरो ठुँढे जातको चराका पनि आठ वटा गुँड ताल आसपासमा देखिएको उनले जानकारी दिए ।
बिंडारीका अनुसार गणनाको क्रममा नेपालमै दुर्लभ मानिएको हरिहाँस, सामरी र सिललिले पनि ताल आसपासमा देखिएको छ । सन् २०११ मा उक्त  क्षेत्रको अनुगमन गर्दा बिश्वमै दुर्लभ मानिएका र नेपालबाट लोप हुन लागेका चार प्रजातिका चराको दुई सय ४७ वटा गुँड उक्त क्षेत्रमा देखिएको थियो । तर सन् २०१२ मा गणना गर्दा गुँको संख्या बढेर दुई सय ८३  पुगेको बिंडारीले जानकारी दिए ।
नेचर गाईड समेत रहेका बिंडारीले टिकौली तालमा माछा मार्न रोक लगाएर पानीको सतह यथावत राख्न बाँध बाँधिएपछि एकाएक चराको संख्या बढेको बताए । चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान) को रुपमा टिकौली ताल क्षेत्र विकास भइरहेकोले हाईट टावर बनाउन सके चरा हेर्ने पर्यटक आकर्षित गर्न सकिने उनको सुझाव छ । पूर्व–पश्चिम राजमार्गबाट सय मिटरको दुरीमा रहेको र विश्व रामसार सूचीमा सूचीकृत बीसहजारी ताल जाने बाटोमा रहेकोले पर्यटकीय केन्द्र बनाउन सहज भएको उनको भनाई छ । Read the rest of this entry »

Older posts «

» Newer posts