एमालेलाई पहिलो पार्टी बनाउन कुनै शक्तिले रोक्न सक्दैन ः खनाल

y 11आनन्द पोखरेल
भरतपुर, २९ भदौ
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमालेलाई पहिलो पार्टी बनाउन कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । युवासंघ नेपालको जिल्ला प्रहरी कार्यालय, चितवन अगाडि गेष्ट हाउस चौरमा शनिवार आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले शान्तिपूर्ण जनक्रान्तिको नायक एमाओवादी र काँग्रेस हुन नसक्ने जिकिर गर्दै नेपालको परिवर्तनको मसिहा एमाले भएको बताए ।   
देशको परिस्थिति चुनौतिपूर्ण भएको बेला युवा संघले राष्ट्रिय भेला आयोजना गरेर देशलाई निकाशा दिन खोजेको खनालको भनाई थियो । खनालले युथ फोर्सको प्रशंसा गर्दै युथ फोर्सले सुरुमा राम्रो काम गर्दै देशमा व्याप्त माओवादी आतङ्क चिर्न सफल भएको बताए ।
पहिलो संविधान सभाको निर्वाचनमा एमाले पहिलो पार्टी बन्नु पर्नेमा दुर्भाग्यवश तेस्रो पार्टी बन्न पुगेकोले देशमा निराशा छाएको खनालको जिकिर थियो । मंसिर ४ गतेको दोस्रो संविधान सभाको चुनाव देशलाई अग्रगमन तर्फ लैजानको लागि महत्वपूर्ण रहेको उनले बताए ।
‘चुनाव विथोल्न माओवादीले आतङ्क मच्चाउन टाउको उठाएमा त्यो टाउकोमा युवासंघले ट्वाङ्ङ हान्नुपर्छ’ अध्यक्ष खनालले चुनाव विथोल्न प्रयास गर्नेहरुमाथि जाइलाग्न समेत निर्देशन दिए । Read the rest of this entry »

‘मेरो कथा’को प्रदर्शनबाट संकलित रकम क्यान्सर पीडितलाई

meroसञ्चारपत्र सम्वाददाता
भरतपुर, २९ भदौ । भिजन नेपाल ईन्टरटेन्मेन्टले निर्माण गरेको नेपाली कथानक चलचित्र मेरो कथाको बिशेष प्रदर्शनबाट सङ्कलित रकम शनिवार क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बालबालिकाहरुको सहयोगका लागि हस्तान्तरण गरिएको छ । सुदुरपश्चिमको बादी समूदायको वास्तविक कथामा आधारित उक्त चलचित्रको बिशेष प्रदर्शनीबाट सङ्कलन भएको रकम मध्ये ५० हजार रुपैया“ क्यान्सर सेवा समाजलाई हस्तान्तरण गरिएको हो ।
चलचित्रका निर्माता रविन्द्र बरालले उक्त रकम क्यान्सर सेवा समाजका अध्यक्ष श्याम प्रसाद लामिछानेलाई हस्तान्तरण गरेका थिए । खर्चको अभावमा उपचार गराउन नसकेका बालबालिकाहरुको उपचार सहयोगका लागि आफ्नो चलचित्रको बिशेष प्रदर्शन मार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको बरालले बताए ।
शनिवार उक्त चलचित्र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा प्रदर्शन गरिएको थियो । बिशेष प्रदर्शनमा चलचित्रका कलाकारहरु आयुष रिजाल, अशोक धिताल, गंगा बस्याल, निर्देशक देव नेपाल, संगीतकार बीबी अनुरागीलगायतको उपस्थिति रहेको थियो । Read the rest of this entry »

Older posts «

» Newer posts