चितवनमा उम्मेदवारको टुंगो लाग्यो

suhsil koiralaकांग्रेस सभापति सुशिल कोइराला क्षेत्र नं.४ बाट चुनाव लड्ने
चितवन

आगामी संविधान सभा निर्वाचनका लागि चितवन जिल्लामा ठूला पार्टीहरुले उम्मेदवारको टुंगो लगाएका छन् । चितवनमा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा एमाओवादी, एमाले र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको सम्बन्धित पार्टी निकट श्रोतले जानकारी दिएको छ । 
एमाओवादीबाट चितवन क्षेत्र नं.१ मा प्रेम रिमाल, क्षेत्र नं. २ मा रमेश रेग्मी, क्षेत्र नं.३ मा नारायण दाहाल, क्षेत्र नं.४ मा चित्रबहादुर श्रेष्ठ र क्षेत्र नं.५ मा अमिक शेरचन संविधान सभा निर्वाचनका लागि उम्मेदवार तय भएका छन् ।
नेपाली कांग्रेसले पनि चितवनका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार तय गरेको छ । जसअनुसार क्षेत्र नं.१ मा राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं.२ मा शेषनाथ अधिकारी, क्षेत्र नं.३ मा भीमबहादुर श्रेष्ठ, क्षेत्र नं.४ मा सुशिल कोइराला, क्षेत्र नं.५ मा पृथ्वीमान गुरुङ कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।
नेकपा एमालेले पनि आफ्ना उम्मेदवार तय गरेको छ । चितवन क्षेत्र नं.१ बाट सुरेन्द्र पाण्डे, क्षेत्र नं.२ बाट कृष्ण खनाल, क्षेत्र नं.३ बाट कृष्णभक्त पोखरेल, क्षेत्र नं.४ बाट पार्वती रावल, क्षेत्र नं.५ बाट दानबहादुर तामाङलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।
यसअघिको संविधान सभा निर्वाचनमा क्षेत्र नं.१ मा एमालेले र बाँकि सबै क्षेत्रमा माओवादीले विजय हासिल गरेको थियो । तत्कालिन जनमोर्चा र माओवादीबीच भएको चुनावी तालमेलले माओवादीलाई चारवटै निर्वाचन क्षेत्रमा विजय हासिल गराउन सहयोग गरेको थियो । क्षेत्र नं.२ बाट विजय हासिल गरेका रामबहादुर थापा भने पार्टी छाडेर नेकपा–माओवादीको महासचिव बनेका छन् । पार्टी फुटको असर चितवनमा बढि देखिएकाले आगामी निर्वाचनमा कुन पार्टीले विवजय हासिल गर्ने हुन्, यसै भन्न सकिने स्थिति भने छैन ।

विशेष सुरक्षा योजनाको महिना दिन सकियो

jiprakaचितवनमा घट्यो आपराधिक क्रियाकलाप 
आनन्द पोखरेल
भरतपुर, १२ असोज
चिनवनमा विशेष सुरक्षा योजना लागू भएपछि आपराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कले विशेष सुरक्षा योजना लागु भएको एक महिनाको अवधिमा आपराधिक घटना कम भएको देखाएको हो ।
प्रहरीमा गएको साउन महिनादेखि भदौ ७ गतेसम्म ५८ वटा मुद्दा दर्ता भएका थिए । विशेष सुरक्षा योजना लागु भएको भदौ ७ गतेदेखि असोज ७ सम्म ३७ वटा मुद्दा मात्रै परेका छन् । यो संख्या अघिल्लो महिनाको तुलनामा २१ वटाले कम हो । सुरक्षा योजना लागु भएयता दर्ता भएका ३७ वटा मुद्दामा २७ जना आरोपितलाई प्रहरीले हिरासतमा लिएको पनि जनाएको छ ।
‘विशेष सुरक्षा योजना लागु भएपछि चितवनमा कुनै अप्रिय घटना भएका छैनन्’ जिल्ला प्रहरी कर्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले भने,‘विशेष सुरक्षा योजना लागू भएपछि प्रहरीले आफ्नो सक्रियता पहिलेभन्दा बढाएको थियो ।’ Read the rest of this entry »

Older posts «

» Newer posts