बन्द हु“दै कुरियर कम्पनी

couriorसञ्चारपत्र संवाददाता
भरतपुर, १२ असोज । कुरियर सेवा सञ्चालकहरुले सुचनाका विद्युतीय सञ्चार माध्यमको विकास बढेस“गै आफ्नोे कारोबार आधाले घटेको बताएका छन् ।
सुरुआती समयमा चालीस हजार वटाको हाराहारीमा दैनिक पार्सल एक ठाउ“बाट अर्को ठाउ“मा उनीहरुले पठाउने गर्थे । तर, अहिले दैनिक बढीमा बीस हजार पार्सल मात्रै कुरियर मार्फत पठाउने गरिएको छ । नेपाल कुरियर सेवा संघका अध्यक्ष खेमराज पन्तले भने, ‘पार्सल घटेपछि व्यवसायीले पनि यो पेशा छाडेर अन्यत्र जानुपर्ने अवस्था छ ।’
उनका अनुसार सुचना प्रविधीका साधनका रुपमा इमेल, इन्टरनेट र अनलाइन भिसा प्रकृयाको प्रयोग गर्ने नेपालीको संख्या बढेपछि कुरियर व्यवसाय धरासायी बन्दै गएको हो । पछिल्लो पा“च वर्षयता दश वटा कुरियर कम्पनी बन्द भइसकेका छन् । अहिले देशभर ७० वटा कम्पनीले सेवा प्रदान गरिरहेको छ । अध्यक्ष पन्तले देशका ७५ वटै जिल्लामा कुरियर सेवा सञ्चालन गरिएको पनि जानकारी दिए ।
यसैबीच नेपाल कुरियर सेवा संघको १९ औं वार्षिक साधारण सभा पनि शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरार प्रमुख अतिथि रहेको कार्यक्रममा प्रहरी नायव महानिरिक्षक प्रतापसिंह राना, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, कुरियर संघका निवर्तमान अध्यक्ष गोवर्धन पहाडी लगायतले मन्तव्य राखेका थिए ।

देवानी’ प्रकृतिका मुद्दा ढिलो फछ्र्यौट

adalatसञ्चारपत्र सम्वाददाता 
भरतपुर, ११ असोज
चितवन जिल्ला अदालतले दुई वर्षयता दर्ता भएकामध्ये एक हजार वटा भन्दा बढी मुद्दा फछ्र्यौट गर्न सकेको छैन । अदालतमा दुई वर्षयता दर्ता भएका मुद्दामध्ये एक हजार ५४ वटा मुद्दा अझै फछ्र्यौट नभएका हुन् ।
फछ्र्यौट नभएका मध्ये पा“च सय ५८ वटा मुद्दा एक वर्षयताका छन् भने बा“की वर्षदिनभन्दा बढीका हुन् । अदालतका श्रेष्तेदार दिनबन्धु बरालका अनुसार एक वर्षदेखि १८ महिना भित्रका ९३ वटा मुद्दा फछ्र्यौट भएका छैनन् । पाँच वटा मुद्दा दुई वर्ष भित्रका छन् भने एउटा दुई वर्ष नाघेको मुद्दा अदालतले अझै छिनोफानो लगाएको छैन ।
दुई वर्ष नाघेको मुद्दा सम्पत्ति विवादको भएको श्रेस्तेदार बरालले बताए । जिल्ला अदालत भरतपुरमा सबैभन्दा बढी ‘देवानी’ प्रकृतिको मुद्दा दर्ता हुने गरेका छन् । ‘देवानी’ प्रकृतिको मुद्दा फछ्र्यौटमा पनि समय बढी लाग्ने गरेको छ । श्रेस्तेदार बरालले व्यक्तिगत झै झगडामा पक्ष विपक्ष अल्झिने भएकाले ‘देवानी’ प्रकृतिका मुद्दा छिनोफानोमा समय बढी लाग्ने पनि जानकारी दिए । Read the rest of this entry »

Older posts «

» Newer posts