सुशील कोईरालाका विरुद्ध बिकासको बागी

‘काँग्रेसको टिकटमा पैसाको चलखेल भयो’ 
सुवास पण्डित
भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सभापति सुशील कोइरालाकै विरुद्ध चितवनमा ‘बागी’ उम्मेदवारी परेको छ । कोइरालाका विरुद्ध चितवनकै पूर्व सभापति बिकास कोइरालाले ‘बागी’ उम्मेदवारी दर्ता गरेका हुन् । उनले चितवनको क्षेत्र नं. ३ र ४ बाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट भीमबहादुर श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएपछि बिकास असन्तुष्ट बनेका थिए । पहिले बिकासको नाम पार्टीबाट सिफरिस भएपनि रातारात उनको नाममा ‘टिपेक्स’ लगाएर भीमबहादुलाई पार्टीले आधिकारिक उम्मेदवार बनाएको थियो ।
पार्टीबाट असन्तुष्ट भएका बिकासले केन्द्रमा ‘टिकट’ बाँड्दा पैसाको चलखेल भएको दाबी गरेका छन् । बिहीवार ‘बागी’ उम्मेदवारी दर्ता गरेपछि सञ्चारपत्रसँग कुरा गर्दै बिकासले काँग्रेसमा बिचार र नीति तथा प्रजातान्त्रिक मुल्य र मान्यता सकिएको बताए । ‘काग्रेसभित्र अब लोकतन्त्र जीवित छैन, त्यहाँ नेतालाई सुमेरु पर्वत घुमेजस्तै घुम्नेहरुको मात्रै भविष्य छ’ कांग्रेसका बागी उम्मेदवार बिकासले भने । ‘काग्रेसमा बिचारलाई जोगाउनका लागि र निष्ठाको राजनीति छ भन्ने देखाउनका लागि उम्मेदवारी दिएको हँु ।’–उनको भनाई छ । Read the rest of this entry »

एमाले चितवनको विवाद टुंगियो

चितवन । चितवन क्षेत्र नं. १ मा एमालेको ‘बागी’ उम्मेदवार बन्न लागेका जागृतप्रसाद भेटवालले उम्मेदवारी नदिने भएका छन् । भेटवालले उम्मेदवारी नदिने भएपछि एमाले चितवनको विवाद पनि टुंगिएको छ । यसअघि एमाले स्थायी कमिटीले सुरेन्द्र पाण्डेलाई उम्मेदवार चयन गरेपछि भेटवालले यसको विरुद्ध ‘बागी’ उम्मेदवारको घोषणा गरेका थिए । उनको ‘बागी’ उम्मेदवारीलाई एमाले नेता विजय सुवेदी र दावा लामा लगायतका नेताले समर्थन गरेका थिए ।
भेटवाललाई एमाले केन्द्रीय नेताहरुले ‘समानुपातिक’ मा लाने ‘पक्का’ गरेपछि एमालेको विवाद टुंगिएको एमाले स्रोतले बतायो । एमालेको विवाद टुंगिएसंगै एमाले चितवनमा खुशीयाली छाएको छ । एमाले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु अहिले यही खुशीयालीमा जिल्ला पार्टी कार्यालयमा नाचगान गरिरहेका छन् । एमालेले अघि सारेका आधिकारिक उम्मेदवारहरु अहिले पार्टी कार्यालयमा जम्मा भईसकेका छन् । ‘बागी’ उम्मेदवार बन्न लागेका भेटवाल पनि पार्टी कार्यालय पुगेर क्षेत्र नं. १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेको पक्षमा लागेका छन् । भेटवाल थप अस्वस्थ भएको अवस्थामा पनि पार्टी कार्यालय पुगेका हुन् । एमाले चितवनले अहिले आफ्ना उम्मेदवारलाई बाजागाजा सहित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लैजाने तयारी गरिरहेको छ ।

Older posts «

» Newer posts