बदर मतको सङ्ख्या घटाउने रणनीतिमा निर्वाचन कार्यालय

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १८ असोज
जिल्ला निर्वाचन कार्यालय, चितवनले बदर मतको संख्या घटाउनको लागि प्राविधिक योजनाहरुमा जोड दिएको जनाएको छ ।
मंसिर–४ मा हुने दोस्रो संविधानसभा निर्वाचनमा मतदाताको प्रतिशत अघिल्ला निर्वाचनहरुमा भन्दा बढाउने र बदर मतको संख्या घटाउको लागि जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालिम दिइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।
कार्यालयले चितवनको प्रत्येक मतदान स्थलमा एक जनाका दरले खटिने गरि एक सय ४१ जना मतदाता शिक्षा स्वयम्सेवक र प्रत्येक गउँ विकास समिति तथा नगरपालिकाको प्रत्येक वडामा खटिने गरि ६३ जना निर्वाचन शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा कार्यक्रममा खटाउने भएको छ । ‘मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालिम दिइसकेका छौँ, मतदाता शिक्षा सामाग्री आएपछि उनीहरुलाई कार्यक्षेत्रमा खटाउने छौँ’ जिल्ला निर्वाचन अधिकृत ढकालले भने ।
मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताहरुले जनता समक्ष गएर भोट हाल्नको लागि आग्रह गर्ने तथा भोट कसरी हाल्ने भन्ने विषयमा समेत जानकारी दिने ढकालले बताए । भोट हाल्न जाँदा मतदाताले साथमा लानुपर्ने वस्तुहरु के के हुन्, कसरी मतदान गर्दा भोट सदर हुन्छ भन्ने विषयमा पनि उनीहरुले मतदातालाई सिकाउने छन् ।
पहिलो संविधान सभाको निर्वाचन– २०६४ मा चितवनमा तीन लाख ८२ हजार पाँच सय ८० मतदाता रहेकामा दुई लाख ४० हजार एक सय ५१ अर्थात ६२ दशमलव ७७ प्रतिशत मतदान भएको थियो । जसमध्ये सदर मतको संख्या दुई लाख २९ हजार छ सय १९ थियो । बदर मत १० हजार पाँच सय ३२ अर्थात् चार दशमलव ३९ रहेको थियो ।

 

चितवनमा उम्मेदवारी दर्ता शान्तिपूर्ण

एक सय एक्काइसको उम्मेदवारी मनोनयनपत्र दर्ता
आनन्द पोखरेल
भरतपुर, १७ असोज
मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि चितवनबाट पाँच सभासद्का लागि एक सय २१ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।
काँग्रेस, राप्रपा, एमाले र एमाओवादीका केन्द्रिय स्तरका पाँच नेता सहित पाँच निर्वाचन क्षेत्रमा एक सय २१ जनाको उम्मेदवारी मनोनयJestha 27नपत्र दर्ता भएको हो । उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने मध्ये १४ जना स्वतन्त्र उम्मेदवार छन् ।
नेपाली काँग्रेसका सभापति सुशील कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डे, नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एकीकृत नेकपा माओवादीका केन्द्रीय स्तरका नेताहरु अमिक शेरचन र नारायण दाहालले चितवनबाट चुनावी प्रतिष्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छन् । राप्रपाका महामन्त्री बिक्रम पाण्डे र एमाओवादी नेता अमिक शेरचनले क्षेत्र नम्वर–५ बाट प्रतिष्पर्धा गर्नेभएका छन् ।
कांग्रेस सभापति सुशील कोइराला चितवन क्षेत्र नम्वर–४ बाट र एमाले पोलिटव्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे क्षेत्र नम्वर–१ बाट चुनावी मैदानमा उत्रिएका छन् । चितवन काँग्रेसका पूर्व सभापति विकास कोइरालालाई पार्टीले टिकट नदिएपछि ‘बागी’ उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमालेको क्षेत्र नम्वर–१ मा बुधबारसम्म उम्मेदवार चयनको विवाद देखिएको भएपनि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने समयमा विवाद मिलाएर बाजागाजा सहित मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आएको थियो । Read the rest of this entry »

Older posts «

» Newer posts