भरतपुर नगरपालिका क्षेत्र डेंगुको जोखिममा

एमाले उम्मेदवारका मूल मुद्दा

chaurar11i‘बहुपहिचानमा आधारित संघीय राज्य र आर्थिक सम्वृद्धि’ 
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २३ असोज
संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरुले बहुपहिचानमा आधारित संघीय राज्य र आर्थिक सम्वृद्धि नै आफुहरुको मुल मुद्दा भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल, चितवनले बुधबार भरतपुरमा एमाले चितवनका प्रत्यक्ष तर्फका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले एमालेको घोषणापत्रमा समेटिएका विषयवस्तुसहित स्थानीय मुद्दाहरु पनि आफुहरुको प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् क्षेत्र नम्वर–१ का उम्मेदवार सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र सुदृढ नभए नारा लगाएर मात्र राष्ट्रियता बलियो नहुने बताए । राजनीति जनताको हातमा आएकोले अब अर्थतन्त्र पनि जनताको हातमा आउनुपर्ने र त्यसका लागि देशको माग र आवश्यकता अनुरुप जनताले एमालेलाई देशको नेतृत्व दिनुपर्ने उनको भनाई थियो ।
‘युवाहरुलाई जागिर होइन, उद्यमतिर लगाउनुपर्छ’ एमाले पोलिटव्युरो सदस्य समेत रहेका पाण्डेले भने– ‘एक वर्षभित्र संविधान निर्माण गरेर मुलुकको पुनर्निमार्णको ढोका खोलेर जाने एमालेको योजना
छ ।’ Read the rest of this entry »

Older posts «

» Newer posts