हरहालतमा चुनाव गराउँछौँ ः निर्वाचन आयुक्त ठाकुर

आनन्द पोखरेल
नारायणगढ, 10 कात्तिक
निर्वाचन आयुक्त रामभक्त पि.बि. ठाकुरले देश संविधान सभाको निर्वाचनमा होमिइसकेको वर्तमान अवस्थामा निर्वाचन आयोगले हर हालतमा चुनाव गराइ छाड्ने बताएका छन् ।
मतदाता तथा मतगणना क्षेत्रीय प्रशिक्षक प्रशिक्षण तालिमको शनिबार नारायणगढमा उद्घाटन गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त ठाकुरले भने– ‘हामीले हर हालतमा चुनाव गराएरै छोड्छौँ ।’
देशलाई सङ्क्रमणकालबाट निकाल्नको लागि पनि चुनाव गराएरै छाड्ने निर्वाचन आयुक्त ठाकुरले दावी गरे । देशले गर्न थालेको महोत्सवको सफलताको लागि सबैजना जुट्नु पर्ने निर्वाचन आयुक्त ठाकुरको भनाई थियो । Read the rest of this entry »

चित्रबहादुर केसीले चितवन आएर भने ः ‘संघीयता देश सिध्याउने खेल मात्रै’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चितवन आएर भोट मागेका छन् । मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार केसीले चितवनमा पत्रकार सम्मेलन नै गरेर भोट मागेका हुन् ।
बुटवलमा पार्टीको घोषणापत्र सार्वजनिक गरेपछि उनी बुधबार नै चितवन आएका थिए । देशव्यापी रुपमा संघीयता विरुद्धको अभियान जनतामा पु¥याउ“दै भोट माग्ने उनले बताए । ‘मैले बाग्लुङ क्षेत्र नम्वर– २ बाट दुई पटक सम्म चुनाव जितें’ अध्यक्ष केसीले भने, ‘अब संघीयता विरुद्धको अभियान हिमाल पहाड तराई सबैतिर पु¥याउन समानुपातिक उम्मेदवार बनेको हु“ ।’
जनताले देशको विखण्डन गर्ने संघीयता मान्नेलाई भोट दिन नहुने उनको जिकिर थियो । ‘संघीयताको नाममा जातीय, क्षेत्रीय मुद्धा उठाउन हु“दैन’ उनले भने– ‘एकात्मक भ्रष्ट राज्य प्रणाली कायमै राखेर गरिने संघीयताले देशलाई विखण्डन मात्रै बनाउ“छ ।’ Read the rest of this entry »

Older posts «

» Newer posts