उपराष्ट्रपति झाको उद्घोष :‘सबै सुरक्षा संयन्त्र केन्द्रित गरेर भएपनि निर्वाचन हुन्छ’

uparasta patiप्रवीण दत्त
नारायणगढ, १६ असोज
उपराष्ट्रपति परमानन्द झाले निर्वाचन सुरक्षा सवालको विषयमा कसैले अवरोध पु¥याए सरकार चुप लागेर नबस्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा बुधबार रिपोर्टस क्लब चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले कसैले निर्वाचन बिथोल्न खोजे सरकार मौन तथा आँखा चिम्लेर बस्ने नभई सरकारसँग भएको सबै संयन्त्र केन्द्रित गरेर भएपनि निर्वाचन सम्पन्न गर्ने बताए ।
शुरु देखि नै निर्वाचनमा नजाने र अहिले चुनावनै बहिष्कार गर्ने दलहरुलाई सहभागी हुन विगतमा धेरै समय दिएको बताउँदै उपराष्ट्रपति झाले भने– ‘चुनावमा सहभागी नहुने दलहरुलाई खुट्टै तानेर समातेर ल्याउन पनि त मिलेन ।’ उनले ती दलहरुको इच्छा नै चुनावमा सहभागी नहुने रहेको बताए । Read the rest of this entry »

एमालेका ‘बागी’ उम्मेदवार भेटवाल अस्वस्थ

चितवन । चितवन क्षेत्र नं. १ मा एमालेका तर्फबाट ‘बागी’ उम्मेदवार बनेका जागृतप्रसाद भेटवाल थप अस्वस्थ भएका छन् । उनी क्यान्सर रोगबाट पीडित थिए । क्षेत्र नं. १ मा पार्टी स्थायी समितिले भेटवालको सट्टामा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउँदै आएपछि उनी तनावमा परेका थिए । आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन लागेका भेटवाल पूर्वी चितवनमा बढि चुनावी प्रचार प्रसारमा लागेका थिए । चितवन क्षेत्र नं. १ ले पार्टी स्थायी कमिटीको निर्णयका विरुद्ध भेटवाललाई नै समर्थन गरेपछि आफ्नो पक्षमा निर्वाचनको थप माहोल बनाउन दौडधुपमा लाग्दा उनी थप अस्वस्थ भएको भेटवालका सभर्थकहरुले बताए । 
क्यान्सर अस्पतालका चिकित्सक श्रोतका अनुसार भेटवालको स्वास्थ्य प्रतिवेदन पहिलेभन्दा जटिल भएको पाइएको छ । उनलाई थप उपचारका लागि भारत लैजानपर्ने अवस्था समेत आउन सक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार मात्रै उनको प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लाग्ने उनी निकट श्रोतले बतायो । ‘अस्वस्थ अवस्था रहिराखेमा भेटवालले एमालेबाट दिन लागेको बागी उम्मेदवारीबारे पुनर्विचार हुनसक्छ ।’ उनी निकट श्रोतले भन्यो । यसअघि बाजागाजासहित पूर्वी चितवनबाट आएको वृहत ¥यालीले भेटवालको पक्षमा नाराजुलुससहित उम्मेदवारी दर्ता गर्ने तयारी चितवन क्षेत्र नंं. १ को पार्टी कमिटीले गरेको थियो ।

Older posts «

» Newer posts