सम्पादकीय : विद्यालय बन्दको श्रृङ्खला बन्द गर

नेपालमा आन्दोलनकारीको प्रहारको पहिलो निशाना विद्यालय बन्ने गरेको छ । राजनीतिक दल मात्र होइन विद्यार्थीका मुद्दा बोकेर हिंडेको बताउने तथा निर्वाध रुपमा पढ्न पाउनु आफुहरुको अधिकार हो भनेर वकालत गर्ने राजनीतिक दलका भ्रातृ संगठनले पनि आन्दोलनको पहिलो तारो शैक्षिक संस्थाहरुलाई नै बनाउँदै आएका छन् । अब भने विद्यार्थीहरुलाई असल संस्कार सिकाउने गुरुहरुले नै आफ्ना माग पुरा गराउन विद्यार्थीहरुको पठनपाठन नै बन्द गरेर बिरोधका कार्यक्रम गर्ने शैलीको विकास हुँदै गएको छ । विगत केही समय यता चितवनलगायत देशभर नै शिक्षकहरु नै विद्यालय हड्तालमा उत्रिने क्रम बढेर गएको छ । शिक्षकहरुको यस्तो शैलीले आम विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरुलाई चिन्तित बनाएको छ ।
चितवनमा शुक्रबार संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) नेपाल, जिल्ला समिति चितवनले सामुदायिक विद्यालयका शिक्षकहरु सरह तलब र अन्य सुविधा बढाउनुपर्ने माग गर्दै निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अन्तर्गतका विद्यालयको पठनपाठन ठप्प पा¥यो । जसका कारण एक सय ४५ वटा विद्यालयका ७० हजार भन्दा बढी विद्यार्थी पढ्नबाट बञ्चित भए । इष्टुलगायत संस्थागत विद्यालयका शिक्षकका संगठनले यसअघि पनि यस्तै माग राखेर पटक पटक विद्यालय बन्द गराएका थिए । त्यस बेला पनि विद्यालय बन्द गराउने यस्तो शैली परिवर्तन गर्न चौतर्फी दवाव परेको थियो । नेपालमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकिएको सन्दर्भमा कसैले पनि विद्यालयमा बन्द, हड्ताल नगर्ने प्रतिबद्धता आउनुपर्ने र त्यसलाई व्यवहारमै कार्यान्वयन गरिनुपर्ने विषय समेत उठिरहेको छ । यी विषयहरुको पृष्ठभूमिमा शिक्षकहरुका माग जायज भएपनि विद्यालय नै बन्द गराउँदा भने त्यसले अवश्यै सकारात्मक सन्देश प्रवाह गरेको छैन भन्ने उनीहरुले नै मनन् गर्नु जरुरी छ । Read the rest of this entry »

एसपी कार्की एमाओवादीप्रति लचिलो

आनन्द पोखरेल
भरतपुर, २० मंसिर
प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की चितवन प्रहरी प्रमुखको जिम्मेवारी लिएर गएको साउन १४ गते यहाँ आएपछि पत्रकार सम्मेलन गर्दै भनेका थिए– ‘म जनताको माझमा पुगेर पुलिस–पब्लिक पार्टनरशीप कार्यक्रमलाई अगाडि बढाउने छु ।’ sp-karki-150x150
तर पुलिस–पब्लिक पार्टनरशीप कार्यक्रम अगाडि बढाउने एसपी कार्कीको प्रतिबद्धताको व्यवहारिक पाटो चार महिना बितिसक्दा पनि चितवनका जनताले महशुस गर्न पाएका छैनन् । प्रहरी र जनताबीचको सहकार्यलाई अगाडि बढाउने उनको भनाई र गराईमा तालमेल हुन नसकेको भन्दै विभिन्न क्षेत्रबाट ब्यापक गुनासो आउन थालेको छ । Read the rest of this entry »

Older posts «

» Newer posts