एमालेले थप्यो काँग्रेसले साख फर्कायो

आनन्द पोखरेल
भरतपुर, ७ मंसिर
चितवनमा नेकपा (एमाले) र नेपाली काँग्रेसले आफ्नो राजनीतिक साख फर्काएका छन् । संविधानसभा सदस्य निर्वाचन २०७० को प्रत्यक्ष तर्फको अन्तिम नतिजामा चितवनको क्षेत्र नम्वर १ र ३ मा एमालेले जित हात पारेको छ भने क्षेत्र नम्वर २ र ४ बाट नेपाली काँग्रेस विजयी भएको छ । त्यस्तै क्षेत्र नम्वर ५ मा राट्रिय प्रजातन्त्र पार्टीले जित हात पारेको छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा चितवनका पाँच मध्ये तीन क्षेत्रमा अत्यधिक बहुमतले बिजयी भएको एकीकृत नेकपा माओवादी यसपालि भने चार क्षेत्रमा तेस्रो र एक क्षेत्रमा दोस्रो भएको छ । अघिल्लो निर्वाचनमा क्षेत्र नम्वर ५ मा समेत माओवादीको समर्थनमा जनमोर्चा नेपालका अमिक शेरचन बिजयी भएका थिए । उक्त क्षेत्रबाट लगातार जित हातपार्दै आएका शेरचनले यसपालि भने तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।
चितवनबाट संविधानसभा सदस्यको निर्वाचन ०७० मा चुनिने पहिलो व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे भएका छन् । पाण्डेले चितवनको क्षेत्र नम्वर ५ बाट संविधानसभा सदस्यको निर्वाचनमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । चितवनको क्षेत्र नम्वर ५ मा खसेको ३५ हजार एक सय ३५ मत मध्ये पाण्डेले १० हजार आठ सय ५८ मत प्राप्त गरेका छन् । पाण्डेका निकटम प्रतिद्वन्द्वि नेकपा एमालेका दानबहादुर तामाङले आठ हजार चार सय छ मत प्राप्त गरे । Read the rest of this entry »

चितवनमा रोचक परिणाम

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ७ मंसिर
‘कहिले हस्तिनापुरको राज, कहिले चपरीमुनिको बास’ राजनीतिमा यो भनाई खुबै प्रचलनमा छ । दुईपटक चुनाव हार्दा पनि मैदान नछोडेका राप्रपाका नेता बिक्रम पाण्डेले निकै कमजोर साँगठनिक अवस्थाका बाबजुद तेस्रोपटकको भिडन्तमा चितवन क्षेत्र नम्वर–५ बाट बिजयको माला पहिरिएका छन् । संविधानसभा सदस्य निर्वाचन ०७० को मतपरिणामले राप्रपाका महामन्त्री पाण्डेलाई सभासद् बनाएको छ ।
संविधानसभा निर्वाचन ०६४ को मतपरिणामले उनलाई चौंथो बनाएको थियो । आफुले ०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पाएको भन्दा झण्डै दोब्बर मत प्राप्त गरी पाण्डे यसपाली विजयी बनेका छन् ।
अघिल्लो संविधानसभा निर्वाचनमा १४ हजार तीन सय ९७ मत ल्याएर विजयी भएका अमिक शेरचनसँग पाण्डेले यसपटक संविधानसभा निर्वाचनबाटै हारको बदला लिएका हुन् । शेरचनले जित्दा पाण्डेको मत पाँच हजार छ सय ८९ थियो भने पाण्डेले जित्दा शेरचनले छ हजार पाँच सय ५५ मत पाएर तेस्रो भएका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts