सम्पादकीय : हारेर पनि जित्न सिक

कानूनी क्षेत्रमा एउटा भनाई नै छ– ‘कानून जान्दिन र मान्दिन भन्न पाईंदैन ।’ अपवादमा नेपाल यस्तो मुलुकको रुपमा चित्रित भइरहेको छ, जहाँ कुनै समुहले सामुहिक रुपमा कानून मान्दिन भनेर चुनौती दिँदा पनि कानून कार्यान्वयन गराउने राज्यका निकायहरु टुलुटुलु हेर्न बाध्य छन् । लोकतान्त्रिक पद्दतीमा हामीले आफ्नो अधिकारका लागि आन्दोलन गर्नुपर्छ भन्ने बुझेका छौँ तर आफ्नो अधिकारका लागि आन्दोलन गरिरहँदा अरुको अधिकार कुण्ठित भइरहेको तथा त्यसबाट अरुले दुःख पाइरहेकोमा चासो दिइरहेका हुँदैनौँ । नेपालमा यतिबेला चिकित्सकहरुको आन्दोलन पनि यस्तै भइरहेको छ । बिरामीलाई समयमै उपचार गर्न अस्पताल आइपुग्न सल्लाह दिने चिकित्सकहरु बिरामीको उपचार गर्न छोडेर आन्दोलनमा केन्द्रित हुँदा त्यसले बिरामीहरुमाथि अन्याय भइरहेको आवाज सर्वत्र उठिरहेको छ । Read the rest of this entry »

जीवनमूल्य : पैसैपैसा हुने गरिबहरू

— आचार्य लक्ष्मण भण्डारी

‘गरिबी नै पाप होइन, केवल असुविधा मात्र हो ।’— जोम फ्लोरियो

‘गरिबी दैवी अभिशाप होइन, यो त मानवीय दृष्टि हो ।’— महात्मा गान्धी
‘जो गरिबमाथि दया गर्दछ, ऊ आफ्नो कामका माध्यमले ईश्वरलाई ऋणी बनाउँदछ ।’— बाइबल
‘गरिब मानिसहरू भाग्यमानी हुन्छन् ।’—कन्फ्युसियस
‘गरिब ऊ होइन, जसको साथमा सम्पत्ति कम छ, तर धनवान् भएर पनि जसको इच्छा कम भएको छैन, ऊ सबैभन्दा गरिब हो ।’— बिनोबा भावे
‘त्यो मानिसभन्दा गरिब कोही छैन, जसको साथमा केवल पैसा मात्र छ ।’— एड्बिन पुग Read the rest of this entry »

Older posts «

» Newer posts