सम्पादकीय : शीर्ष नेताको बोली खेर नजाओस्

संविधानसभाको बहुप्रतिक्षित पहिलो बैठक बुधबारदेखि शुरु भएको छ । पहिलो संविधानसभा संविधान निर्माण गर्न नसकी विघटन भएपछि नेपालमा दोस्रो पटक संविधानसभाको निर्वाचन हुनु विश्वकै इतिहासमा पहिलो घटना थियो । पहिलो बैठक शुरु हुनुअघि मंगलबार संविधानसभा सदस्यको सपथ ग्रहणपछि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलगायत सभासदहरुले एक वर्षभित्रै नयाँ संविधान निर्माण गरिसक्ने प्रतिबद्धता दोहो¥याएका छन्, जुन बाचा उनीहरुले मंसिर ४ को संविधानसभा निर्वाचनको बेला गरेका थिए । मंगलबारको उत्साह देख्दा अघिल्लो संविधानसभा निर्वाचनबाट गठन भएको संविधानसभाका सदस्यले सपथ ग्रहण गर्दाको जस्तै अनुभूत हुन्थ्यो, तर जिम्मेवारी झनै बढी छ । प्रतिबद्धता अघिल्लो पटक पनि व्यक्त गरिएकै थियो तर दलहरुका दम्भ त्यसका लागि बाधक बन्यो । मुख्यगरी जातिय संघीयतामा जानुपर्छ भन्ने माओवादीको अडानको गाँठो फुक्न नसक्दा सहमति जुट्न सकेन । तर अहिले परिस्थिति बदलिएको छ, जातिय संघीयताको नारा बोकेको एमाओवादीलाई जनमतले पहिलोबाट तेस्रोमा झारिदिएको छ । जनमत छर्लङ्ग छ– जातिय संघीयताको लालीपप जनताले मन पराएनन् ।
यसपालि पहिलो पार्टी बनेको नेपाली काँग्रेसको काँधमा निसन्देश बढी जिम्मेवारी आइलागेको छ । तेस्रोबाट दोस्रोमा उक्लिएको पार्टी नेकपा (एमाले)ले पनि अब एमाओवादीतिर धेरै औंला ठड्याइरहन मौका पाउने छैन । सायद यसैले होला मंगलबार संविधानसभा सदस्यको सपथ ग्रहणपछि वर्षदिन भित्रै संविधान दिन्छौँ भन्नेमा काँग्रेस, एमालेका नेताहरुकै स्वर उचो थियो । बुधबार संविधानसभाको दोस्रो श्रृङ्खलाको पहिलो बैठक शुरु भइरहँदा निर्वाचन बहिस्कार गरेका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चाले राजनीतिक सहमतिमा संविधान निर्माण गर्नुपर्ने माग राखेर संविधानसभा भवन घेराउ गरेर नाराबाजी समेत ग¥यो । निर्वाचन बिथोल्न भरमग्दुर प्रयत्न गरेको ३३ दलीय मोर्चा निर्वाचन बिथोल्न नसकेपछि राजनीतिक सहमतिमा संविधान निर्माणको मागलाई निरन्तरता दिँदै फेरि आन्दोलनमा केन्द्रित हुने संकेत गरेको छ । Read the rest of this entry »

चितवनका ७५ डाक्टरले दिए राजीनामा

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ माघ
नेपाल चिकित्सक संघको आह्वानमा चितवनका दुई ठूला अस्पतालका ७५ जना चिकित्सकहरुले बुधबार सामुहिक राजीनामा दिएका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ५० र भरतपुर अस्पतालका २५ चिकित्सकहरुले सामुहिक राजिनामा दिएका हुन् ।
आमरण अनसनमा बसेका बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले वास्ता नगरेको भन्दै क्यान्सर अस्पताल र भरतपुर अस्पतालका चिकित्सकहरुले बुधबार अपरान्ह सामूहिक राजीनामा दिएका हुन् । क्यान्सर अस्पतालमा करिब ७० जना र भरतपुर अस्पतालमा ५० जना चिकित्सकहरु कार्यरत छन् । ७५ चिकित्सकले अस्पताल प्रसासनलाई सामूहिक राजीनामा बुझाएका छन् ।
सर्वोच्च अदालतले अस्पतालका सबै उपचार सेवा सुरु गर्न आदेश दिएको अवस्थामा आफूहरु आफ्ना सहपाठीलाई जीवनमरणको दोसाँधमा राखेर काम गर्न नसक्ने भन्दै सामूहिक राजीनामा दिएको नेपाल चिकित्सक संघ, चितवनका अध्यक्ष डा. कृष्ण पौडेलले बताए ।
यसैबीच, शिक्षण अस्पतालमा सुधारको माग राखेर आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीको जीवनरक्षा सहित सातसूत्रीय मागहरुप्रति ऐक्यबद्धता जनाउँदै चितवनका डाक्टरहरुले बुधबार ¥याली निकाले । नेपाल चिकित्सक संघ चितवन, औषधी व्यवसायी संघ र अन्य स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संघ संस्थाले ¥याली निकालेका हुन् । भरतपुर अस्पतालबाट सुरु भएको ¥याली अस्पतालरोड, चौबिसकोठी लगायतका क्षेत्र परिक्रमा गरेको थियो ।
नेपाल चिकित्सक संघ, चितवन शाखाका अध्यक्ष डा. कृष्ण पौडेलले चिकित्सहरुले उठाएका जायज मागहरु सम्बोधन गर्नेतर्फ सरकार गम्भीर नभएको भन्दै तत्काल माग सम्वोधन नभए झन् कडा भएर प्रस्तुत हुने बताए ।
चिकित्सकहरुले अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि बिरामीहरु सहज स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

Older posts «

» Newer posts