दुई घण्टामै प्रहरीले किन सच्यायो विज्ञप्ति ?

आनन्द पोखरेल
भरतपुर, ८ चैत
जिल्ला प्रहरी कार्यालय, चितवनले कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन ग¥यो । प्रहरीले शुक्रबार साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर एउटा विज्ञप्ति जारी ग¥यो । तर त्यसको दुई घण्टा नबित्दै साढे ७ बजे सञ्चार माध्यमहरुको इमेलमा सोही घटनाबारे अर्को विज्ञप्ति प्रेषित ग¥यो ।
प्रहरीले दोस्रो विज्ञप्ति प्रेषित गरेपछि पत्रकारहरुलाई टेलिफोन गरी पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिको सट्टा इमेलमा प्रेषित गरेको विज्ञप्ति ‘प्रयोग’ गरिदिन अनुरोध ग¥यो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले चितवन प्रहरीको अनुसन्धानबाट घटनामा संलग्न रहेको भनेर देखिएका तत्कालिन नेकपा (माओवादी)का स्पेशल टास्क फोर्स (एसटिएफ)का तीन जना कार्यकर्ताहरुको नाम सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की उपस्थित थिएनन् । शुक्रबार दिउँसो चितवनको सिमा अवलोकन गर्न माडी क्षेत्र गएकाले फर्कन ढिला हुँदा कार्की पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
‘किटानी जाहेरीमा परेका व्यक्तिहरुभन्दा फरक व्यक्तिहरुले अधिकारीको हत्या गरेको देखिएको छ’ पत्रकार सम्मेलनमा राउतले भने– ‘ती मध्ये सुरक्षा फौजको कारवाहीमा दुईजनाको मृत्यु भएको छ भने एकजना वैदेशिक रोजगारीको सिलसिलामा बेलायतमा रहेका छन् ।’ Read the rest of this entry »

शिक्षकलाई विद्यालय बन्दको नशा

विद्यार्थीको पढाई बन्धकी नराख : अभिभावक संघ
आनन्द पोखरेल
भरतपुर, ९ माघ
–––––––––––––––––––––––––––––––––
शिक्षकद्वारा निजी विद्यालय बन्दको श्रृङ्खला
पहिलो बन्दः भदौ १८, ईष्टु नेपाल
दोस्रो बन्दः भदौ २१, नेपाल ईष्टु
तेस्रो बन्दः मङ्सिर २७, ईष्टु नेपाल
चौँथो बन्दः पुस १९, नेपाल ईष्टु
पाँचौँ बन्दः माघ ९, नेपाल ईष्टु

निजी तथा आवासीय विद्यालयका शिक्षकहरुलाई विद्यालय बन्दको नशा नै चढेजस्तो भएको छ । जाडो बिदाअघि आफ्ना माग पुरा गराउन परीक्षा दिइरहेका विद्यार्थीको उत्तर पुस्तिका खोसेर विद्यालय बन्द गराएका निजी विद्यालयका शिक्षकहरुले बिद्यालय खुलेको दुई दिनपछि बिहीबार फेरि अकस्मात विद्यालय बन्द गराएका छन् ।

1111111111111111
संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको दुई छुट्टाछुट्टै संगठन नेपाल ईष्टु र ईष्टु नेपालले चालु शैक्षिक सत्रमा पाँच पटक विद्यालय बन्द गराइसकेका छन् । बिहीबार नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल ईष्टु) मा आवद्ध शिक्षकहरुले पुनः विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेपाल ईष्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), चितवनले आफूहरुले राखेको माग पूरा नगरेका कारण अनिश्चितकालिन विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको बताए । चालु आर्थिक वर्षबाट नेपाल सरकारले सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुको तलव सुविधामा गरेको वृद्धि सरह निजी विद्यालयका शिक्षकहरुको पनि तलव र अन्य सुविधामा वृद्धि हुनुपर्ने माग राख्दै पटक पटक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिँदै आएका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts