चेपाङ मार्गमा गाडी सरर, स्थानियलाई बरदान

chepang  gadiतीर्थ नेपाल
भरतपुर, ९ चैत
चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्गको ट्रयाक खोल्ने काम पुरा भएपछि सवारी साधन गुड्न थालेका छन् । सवारी गुड्न थालेपनि चेपाङ मार्ग स्थानियका लागि बरदान साबित भएको छ ।
अल्पसंख्यक र आर्थिक रुपमा बिपन्न चेपाङ समुदायको जिवनस्तर उठाउने उद्देश्यका साथ ०६६ सालमा चेपाङ मार्गको ट्रयाक खोल्ने काम आरम्भ भएको थियो । यो मार्ग हुँदै भण्डाराबाट मलेखु पुग्न ६१ किलोमिटर दुरी पार गर्नुपर्दछ ।
भण्डाराबाट कोराक, थाकलटार, एउराली टार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै चितवन र धादिङ जिल्लाको सिमाना कान्द्राङ्गढी हुँदै महादेवस्थानबाट मलेखु पुग्न सकिन्छ । अहिले भण्डाराबाट वासवाङसम्म ३५ किलोमिटर खण्डमा गाडी चल्ने गरेको छ ।
फोर ह्वील ४ वटा जीप दिनहुँ आवतजावत गर्ने गरेका छन् । पहाडी बाटो, उकालो ओरालो, नयाँ ट्रयाक र ग्राभेल पनि हुन बाँकी रहेकोले अन्य प्रकारका सवारी साधन आवातजावत गर्न सक्दैनन् । मलेखु तर्फबाट १० किलोमिटर महादेवस्थान सम्म गाडी चल्ने गरेको छ । Read the rest of this entry »

फिस्लिङमा बस दुर्घटना हुँदा ५ को मृत्यु

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ चैत । काठमाडौँबाट धनकुटाको हिले जाँदै गरेको ‘धनकुटेली ट्राभल्स’ को बस चितवनको दारेचोक–९ फिस्लिङमा आईतबार साँझ साढे ७ बजेको समयमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार काठमाडौँबाट हिले जाँदै गरेको ना ४ ख ५८२९ नम्बरको बस सडकबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि भरतपुर पठाइएको र उद्धार कार्य जारी रहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
मृत्यु हुनेमध्ये तीन जना पुरुष र दुई महिला भएपनि उनीहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दासम्म एकजना १३ महिनाको बालिका पनि बसभित्रै हराइरहेकी छिन् ।
बसमा कतिजना यात्रु सवार थिए, त्यसको यकिन भइनसकेको र दुर्घटनाको बारेमा विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाई छ । तर लामो दुरीको यात्रुबाहक बस भएपनि बसमा यात्रु भने करिब २२ जना भन्दा बढि नरहेको घाइते ललित लिम्बुले बताए । मुग्लिङबाट १५ किलोमिटर टाढा फिस्लिङतर्फको बाटोमा फिस्लिङ बजार नजिकै बस दुर्घटनामा परेको हो । बस सडकबाट २०० मिटर तल खसेको प्रहरीको भनाई छ । बस दुर्घटनामा परेपछि स्थानिय वासिन्दा, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय मुग्लिङको टोलीले उद्दार गरिरहेको छ । यसअघि गएको साउन महिनामा पनि सोही स्थानमा माइक्रो बस दुर्घटनामा परेको थियो । Read the rest of this entry »

Older posts «

» Newer posts