तीन पत्रकार पुरस्कृत

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १५ जेठ
सातौँ गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र दिवस मूल समारोह समिति, चितवनले आयोजना गरेको खुला निबन्ध/लेख लेखन प्रतियोगीतामा स्थानीय तीन जना पत्रकार पुरस्कृत भएका छन् । खुला निबन्ध÷लेख प्रतियोगितामा आनन्द पोखरेल पहिलो, तीर्थ नेपाल दोस्रो र मोहन बस्याल तेस्रो भएका छन् ।

Aananda

खुला लेख लेखन प्रतियोगितामा प्रथम भएका पत्रकार पोखरेल
प्रतियोगीतामा पुरस्कृत हुने तीनै जना पत्रकारहरु रहेका छन् भने पोखरले सञ्चार पत्र दैनिकका सम्वाददाता पनि हुन् । त्यस्तै नेपाल रेडियो त्रिवेणीका पत्रकार हुन् भने बस्याल पारदर्शी दैनिकका सम्वाददाता हुन् । प्रतियोगीतामा पुरस्कृत हुने पत्रकारहरुलाई कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला न्यायाधिश विनोदमोहन आचार्य र चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
‘गणतन्त्र प्राप्तिका सात वर्ष र हाम्रो दायित्व’ शीर्षकमा प्रतियोगितात्मक लेख तथा निबन्ध लेख्नको लागि जिल्ला शिक्षा कार्यालय, चितवनले खुला रुपमा सूचना प्रकाशित गरेको थियो । प्रतियोगिताको संयोजन नेपाल पत्रकार महासंघ चितवनले गरेको थियो भने जिल्ला शिक्षा कार्यालय चितवनको सहयोग रहेको थियो ।

युथ फर ब्लड वर्षबाट सम्मानित

विराटनगर, २५ जेठ

समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका तीनजना व्यक्तिहरुलाई ‘युथ फर ब्लड’ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । विराटनगरका पत्रकार महाप्रसाद खतिवडा, चलचित्र निर्देशक तथा साहित्यकार प्रकाश आङदेम्बे र नाटककार रामभजन कामतलाई उक्त संस्थाले बिहीबार कार्यक्रमको आयोजना गरि ‘युथ फर ब्लड वर्ष सम्मान २०७१’ द्वारा सम्मान गरेको हो । उहाँहरुलाई संस्थाका संस्थापक अध्यक्ष सरोज कार्कीले कदर पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

yfb

संस्था स्थापनाको तेस्रो वर्ष पूरा भई चौँथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा वर्ष भरि रक्तदान गर्नु हुने रक्तदाताहरुका साथै रक्तदान सहजीकरण गर्नुहुने सहजकर्ता सदस्यहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममा युथ फर ब्लडको अभियानमा सहयोग गर्ने लिलिपुट मन्टेश्वरी चिल्ड्रेन हाउस तथा एचडी इन्टरप्राइजेजलाई समेत सम्मान गरिएको छ ।

देशव्यापी फैलिरहेको युवाहरुको अभियानले हजारौँ बिरामीहरुको जीवन जोगाउने कार्य गर्नुका साथै सकारात्मक सन्देश फैलाएको भन्दै अभियानलाई चौतर्फी सहयोग आवश्यक भएको कार्यक्रमका वक्ता मेरील्याण्ड कलेजका प्रिन्सिपल भेषराज पोखरेल, पत्रकार भिमप्रसाद घिमिरे, चिरन्जीवि तिमल्सिना, व्यवसायी गंगाधर मैनालीलगायतले बिचार राख्नु भएको थियो । संस्थाका सचिव सुभाष भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा युथ फर ब्लडका स्वयमसेवकहरुले आफ्नो प्रतिभाका साथै ‘हत्यारा’ नामक नाटक समेत प्रस्तुत गरेका थिए । आगामी दिनमा यस्ता कार्यक्रमहरु थप आयोजना गरिरहने प्रतिवद्धता कार्यक्रम संयोजक सविन दाहालले बताए ।

Older posts «

» Newer posts