उप निर्वाचनको सुरक्षा योजना तयार

आनन्द पोखरेल
भरतपुर, २ असार
असार ८ गते हुन गइरहेको संविधानसभा सदस्य उप निर्वाचनका लागि चितवन क्षेत्र नम्वर ४ मा सुरक्षा योजना तयार पारिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले मतदान अगाडिको समय, मतदानको समय र मतदान पछिको समय गरेर उप निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था तयार गरिएको जानकारी दिएका छन् ।

eliction
‘जिल्ला सुरक्षा समितिको बैठक बसी हामीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि भरपर्दो सुरक्षा व्यवस्था अपनाएका छौँ’ शर्माले भने– ‘निर्वाचन सुरक्षाको लागि क्षेत्र नम्वर ४ मा घुम्ती सुरक्षा व्यवस्था, मोवाइल टोली, जगेडा फोर्स, हवाइ सुरक्षा टोली निर्माण गरेका छौँ ।’
निर्वाचन आयोगद्वारा भरतपुरमा सोमबारदेखि सुरु भएको विद्युतीय मतदान तथा मतगणना प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शर्माले यस पटकको उप निर्वाचनमा नेपाली सेनालाई परिचालन नगरिएको भए पनि सतर्क अवस्थामा राखिएको बताए । ‘यो उप निर्वाचनमा नेपाली सेनाको प्रयोग गरिएको छैन’ शर्माले भने– ‘आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरि उनीहरुलाई पनि सतर्क अवस्थामा राख्दैछौँ ।’ Read the rest of this entry »

सरकारी भवन आचार संहिता बिपरीत

आनन्द पोखरेल
भरतपुर, १८ जेठ
ऐन नियम कार्यान्वयन गराउने सरकारी कार्यालयले नै ऐन मिचेर भवन निर्माण गरेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय, चितवनले ‘स्थानीय स्वायत्त शासन ऐन २०५५’ को भवन ऐन विपरीत भरतपुर नगरपालिकासँग अनुमति नै नलिइ भवन बनाएको हो । भवन निर्माण आचार संहिता मिचेर घरेलुले भरतपुरमा बनाएको भवनको बारेमा भरतपुर नगरपालिकाले भने जानकारी नभएको जिकिर गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, चितवनका प्रमुख उद्योग अधिकृत शिवदत्त भट्टराई सरकारबाट भवन निर्माणका लागि १० लाख रुपैयाँ प्राप्त भएकोमा उक्त रकमको सदुपयोग गरेको बताउँछन् । भट्टराईले कार्यालयको भूइँ तल्लाको समेत नक्सा नभेटिएकोले नक्सा पास नै नगरी तला थपेको बताए ।

भवन निर्माण आचार संहिता विपरीत साना तथा घरेलु उद्योग कार्यालय, चितवनले निर्माण गर्दै गरेको भवन । तस्वीर : आनन्द/सञ्चारपत्र

भवन निर्माण आचार संहिता विपरीत साना तथा घरेलु उद्योग कार्यालय, चितवनले निर्माण गर्दै गरेको भवन । तस्वीर : आनन्द/सञ्चारपत्र

नक्सा पास गरेर भवनको तला थप गर्नको लागि पहिलेको नक्सा पास छ कि छैन भनेर खोज्दा भूइँ तला पनि नक्सा पास नभइ बनेको पाइएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनले नक्सा पास गर्न स्वीकृती लिनको लागि तयारी गरिरहेको दावी गरे । भवन निर्माण भएपछि पनि स्वीकृत लिन सकिने बताउँदै भट्टराईले भने– ‘नगरपालिकालाई भवनको नक्सा पासको निश्चित रकम र जरिवाना तिरेपछि स्वीकृती लिन सकिन्छ ।’ Read the rest of this entry »

Older posts «

» Newer posts