चितवन सम्वाददाता
भरतपुर २० असार । सरकारले संसद्मा पेश गरेको अदालतको अपहेलनासम्बन्धी विधेयकविरुद्ध चितवनका पत्रकारहरुले विरोध जनाएका छन् । सरकारले सुटुक्क विधेयक ल्याउनुले उसको नियतमा प्रश्न उठेको उनीहरुको भनाई छ । नेपाल पत्रकार महासंघ, चितवन शाखाले शुक्रबार भरतपुरमा आयोजना गरेको सो विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागि पत्रकारहरुले सरोकारवालाहरुसंग छलफल नै नगरी यसरी सरकारले सुटुक्क विधेयक ल्याउन खोज्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको काम भनि टिप्पणी गरे ।
अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष राजकुमार श्रेष्ठले संसदमा प्रस्तुत भएको विधेयकको दफा १६ मा अदालत तथा न्यायिक निकायको अपहेलनामा सजाय वा जरिवाना गर्ने व्यवस्था गरे पनि अदालतको निर्णय चित नबुझे पुनरावेदन गर्न नसक्ने प्रावधान राखिनुले प्राकृतिक न्यायको सिद्धान्तको बर्खिलाफ र पुर्ण सुनुवाईको अवसरलाई संकुचन गर्न खोजेको बताए ।
Find us on Facebook
Advertise with us !!!
चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन् । …
View full postखनालको स्मृतिमा पुस्तक लोकार्पण
देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा विवेचना गर्दै आफन्त र शुभेच्छुकहरुारा प्राप्त लेखलाई सम्पादन गरी पुस्तक प्रकाशन गर्नुभएको हो …
View full postअर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेतीबाट दरिलो आम्दानी गर्दै आएको छ । २०५६ सालमा माडीको हरिनगरमा आएको बाढीले साह …
View full postअर्गानिक करेसाबारी तालिम
भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योति साकोसले सामाजिक उत्तरदायित्व वहनको क्रममा महिला सेयर सदस्यको आर्थिक स्तरोन्तिसँगै सशक्तीकरणका लागि कार्यक्रम …
View full postपार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पार्क निर्माण गर्न लागेको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्री तिवारीले बताए । पर्यावरणीय हिसावले निकै सुन्दर र ऐतिहासिक …
View full postचट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही जिल्ला …
View full postअन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । चितवनको भरतपुर २, फूलबारी, कविलास, दारेचोक, सिद्धि, खैरहनी, कुमरोज, कठार, भण्डारा …
View full postमाडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
माडी, १ चैत माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थायी वा अस्थायी रुपमा बस्दै आएकाको तथ्याङ्क संकलन कार्य तीव्र पारेको छ । बसाइँसराइ, पेसा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङ्क संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देखि १४ वडासम्म परिचालन गरिएको छ । माडी नगर क्षेत्रबाट भरतपुर आइ …
View full postसम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिएका छन् । अरु समयमा सबै आ–आफ्नो संस्थाको कामकर्तव्यमा व्यस्त भइरहनुपर्ने हुनाले विशेष रुपमा अन्य …
View full postबचत तथा ऋणबारे प्रशिक्षण
रत्ननगर ०१ चैत सहकारीबाट ऋण लिएर उद्यामी बनेका रत्ननगरका महिलाहरुलाई सोमबार बचत तथा ऋणसम्बन्धी प्रशिक्षण दिइएको छ । १०६ औं नारी दिवसको अवसर पारेर सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा महिलाहरुलाई बचत तथा ऋण र महिला अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ५१ जना उद्यमी महिलाहरुको सहभागिता रहेको …
View full postप्रविधिमा विश्वास गरौं (सम्पादकीय )
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा विद्युतीय मतदान गर्ने तयारी सुरूमा गरिएको थियो । सभापतिलगायत उम्मेद्वारको नाम विद्युतीय यन्त्रमा राखी तीन हजार १८१ मतदाताले यन्त्रमै मतदान गर्नेगरी तयारी गरिए पनि यो निर्णय कार्यान्वयनमा आउन सकेन । प्रविधिमा भएको विकासले संसारका मान्छेलाई एक ठाउँमा ल्याएको छ । आजको कम्प्युटरको युगको अनुसरण गरेर र यसैलाई पछ्याएर धेरै देश अगाडि बढिसके । तर …
View full postमानवीय कारण जल प्रदूषण बढ्दो
आनन्द पोखरेल नारायणगढ, ६ फागुन पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर बढ्दै गएको छ । मानवीय कारणले निस्किएका फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्यासमेत देखिने गरेको छ । मानवीय फोहोरलाई राम्रोसँग व्यवस्थित गर्न नसक्दा नदीनालाहरु प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् । मानवीय सभ्यताको विकाससमेत नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । …
View full post“अखिलको आन्दोलनवाट प्राप्त उपलब्धी रक्षा गर्नेे तागत र ल्याकत म संग छ”ः सचिवालय सदस्यका उम्मेदवार सुदीप रेग्मी
अनेरास्ववियुको २२ औ राष्ट्रिय सम्मेलन माघ २७ गते देखि २९ गते सम्म काठमाण्डौमा हुदैछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । धेरैले चाहाना गरेका छन् । तर आकाक्षींहरु मध्ये सचिवालय सदस्यमा बलिया उम्मेदवारका रुपमा रहेका विद्यार्थी नेता सुदिप रेग्मी संग गरिएको कुराकानी ः प्रश्न ः सचिवालय सदस्यमा तपाईको उम्मेदवारी किन ? उत्तर ः २२ औं …
View full postपत्रकार महासंघ चितवनमा ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’को स्थापना
नेपाल पत्रकार महासंघ, ले ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । व्यवसायी बालगोपाल चुके र उनका परिवारको सहयोगमा महासंघले पुरस्कार स्थापना गर्ने भएको हो । अनन्तगंगा पत्रकारिता पुरस्कार स्थापनार्थ महासंघ र चुके परिवारबीच सोमबार नारायणगढमा सम्झौता समेत भएको छ । सम्झौतामा महासंघको तर्फबाट अध्यक्ष हरिप्रसाद पोखरेल र चुके परिवारका तर्फबाट बालगोपाल चुकेले हस्ताक्षर गरेका …
View full postक्यान्सर अस्पताललाई सहयोग
भरतपुर, ९ माघ गरिमा स्मृति प्रतिष्ठानको तर्फबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई शनिबार ८० हजार रुपियाँसहित चार थान बेड सहयोग प्राप्त भएको छ । प्रतिष्ठानका संरक्षक गङ्गाराम कँडेलले अस्पतालका कार्यकारी निर्देशक डा. चिनबहादुर पुनलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । आफ्नी छोरी गरिमा कँडेलको क्यान्सरकै कारण दुई वर्षअघि निधन भएपछि कँडेल र उनकी श्रीमती चन्द्रकला …
View full postसन्दर्भ : उद्योग वाणिज्य संघ चितवनको निर्वाचन मत सर्वेक्षण (एउटा कम्प्युटर, मोवाइल वा ट्याब्लेटबाट एक पटकमात्र भोट गर्न सकिने । )
पद– अध्यक्ष राजन गौतम सहनलाल प्रधान Poll Maker पद– वरिष्ठ उपाध्यक्ष ऋषिप्रसाद लामिछाने राजु श्रेष्ठ Poll Maker पद– उपाध्यक्ष (उद्योग) पुष्पनिधि लोहनी सुमनकुमार श्रेष्ठ free polls पद– उपाध्यक्ष (वाणिज्य) चुननारायण श्रेष्ठ भोजराज कौडाल Poll Maker पद– उपाध्यक्ष (वस्तुगत) बद्रीप्रसाद अधिकारी विष्णु कँडेलको Do Quizzes सदस्य ( उद्योग)-६ जना कृष्णप्रसाद रिजाल चन्द्रमणि सापकोटा नवीन कँडेल प्रशान्तकुमार …
View full postउद्योग बाणिज्य संघ चितवनमा प्रधान प्यानलको विजयी सुरुवात, गौतम प्यानललाई धक्का
पुस २६ नारायणगढ । उद्योग बाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि उम्मेदवारहरुवीच मत माग्न रसाकस्सी नै चलेको छ । प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदका उम्मेदवार सहन प्रधानको प्यानल अगाडि देखिएको छ । शनिबार भएको मनोनयन दर्तामा निर्विरोध चयन हुनेमा प्रधान प्यानलका चार जना रहेका छन् । महिला तर्फकी रजनी मास्के, क्षेत्रीय तर्फ उद्योग बाणिज्य संघ …
View full postभूकम्पबाट क्षति भएका विद्यालयका लागि रु चौबिस करोड
चितवन, १६ मङ्सिर । भूकम्पका कारण जिल्लामा क्षति पुगेका विद्यालय भवन, शौचालय, कम्पाउण्ड, खानेपानी लगायतका संरचना निर्माण र मर्मत सम्भारका लागि रु २४ करोड ५२ लाख स्विकृत भएको छ । गत वर्ष जिल्ला शिक्षा कार्यालयले रु तीन करोडदेखि रु पॉच करोडसम्म मात्र वजेट निकासा भएको थियो । यसवर्ष भूकम्पले विद्यालय भवनहरूमा क्षति पु¥याएपछि माग अनुसारको …
View full postकारबाहीमा एनसेल
काठमाडौँ, १६ मङ्सिर । अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ । सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो …
View full postछोराद्वारा बुबालाई कलेजो दान
डोल्पा (त्रिपुराकोट), १६ मङ्सिर । विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् । डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् । पेसाले जिल्ला विकास …
View full post‘अदालतको अपहेलना’ विधेयकप्रति पत्रकारहरुको विरोध
२४ घण्टामा बदलिएको आँशु
सुवास पण्डित
भरतपुर, १० असार
सोमबार दिउँसोको साढे ४ बज्दै थियो, एमाले नेत्री पार्वती रावल निर्वाचन परिणामपछि सवै मतदाता र सहयोग गर्ने सवैलाई धन्यवाद दिन पत्रकारहरुसँग थिइन् ।
पत्रकार सम्मेलन चल्दै थियो, त्यसैबेला हस्याङफस्याङ गर्दै आएकी एक अर्धवैंशे महिलाले रावललाई गर्लम्मै अङ्गालो हालेर भक्कानिन्छिन् । अकस्मात यस्तो दृष्य देखेका पत्रकार तथा अन्य सहभागीहरु समेत अवाक हुन्छन् । पत्रकार सम्मेलनको माहौल भावुक बन्छ ।
‘मेरो छोरी खोजिदिनुस् हजुर, म बर्वाद भएँ’ भन्दै उनी बलिन्धरा आँशु बगाउँदै थिइन् । यस्तो अवस्थामा पार्वती भावुक नहुने कुनै भएन ।
संविधानसभा सदस्य उपनिर्वाचनको परिणामले चितवन ४ बाट पराजय भोगेको पार्वतीको पीडा अनुमान गर्न सकिन्थ्यो । तर रावलले आफु भित्रको पीडालाई लुकाउँदै ती महिलालाई सान्त्वना दिँदै भनिन्– ‘तपाईं नआत्तिनुस्, तपाईंकी हराएकी छोरी खोज्नका लागि म पहल गर्छु, हामी सवैजना तपाईंको साथमा छौँ ।’ रावलको ढाढस सुनेपछि ती महिला सम्हालिने प्रयास गरिन् ।
पत्रकार सम्मेलनमै गएर सोमबार रावलसँग हारगुहार गरेकी चितवनको जगतपुर–३, शितलपुरकी गंगादेवी अधिकारीको आँखामा त्यसको २४ घण्टा नबित्दै मंगलबार दिउँसो फेरी आँशु टिलपिल थिए, तर उही पीडाको होइन छोरी भेटिएको खुसीको । जिल्ला प्रहरी कार्यालय, चितवनको हाताभित्र हराएकी छोरीका साथ भेटिएकी गंगादेवी उसै दङ्ग थिइन् । Read the rest of this entry »
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
