दलितसंग विवाह गरकोले घरनिकाला,

घर निकालामा परेका दिनेश पिया र संस्कृति घिमिरे ( विश्वकर्मा ) ।

घर निकालामा परेका दिनेश पिया र संस्कृति घिमिरे ( विश्वकर्मा ) ।

विवाह दर्ता ।

विवाह दर्ता ।

आमावावु बिरुद्ध छोराले हाले मुद्धा
तीर्थ नेपाल
चितवन, जेठ १९ ।
दलित युवतीसंग बिहे गरेका कारण नारायणगढमा नेवार समुदायका एकजना युवा घर निकाला भएका छन् । भरतपुर नगरपालिका ३ नारायणगढबजारका दिब्बेश पियाले आफु घर निकाला हुनु परेको भन्दै आमाबुबा सहित परिवारजनका ६ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका छन् ।
पियाले २०७० साल जेठ १२ गते भरतपुर नगरपालिका वडा नम्वर–२ क्षेत्रपुरकी संस्कृति घिमिरे (विश्वकर्मा¬¬) लाई समाजिक पराम्परा अनुसार विवाह गरेका थिए । प्रेम सम्वन्धमा रहेका उनीहरुलाई विवाह पछि घरमा बस्न नदिइएको पिडित दम्पतिले बताए । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा वुवा दिनेश पिया, आमा करुण पिया, ठूलोवुवा माधव पिया, कान्छि आमा चिना पिया र मामा दिपेन्द्र श्रेष्ठ सहित ६ जना बिरुद्ध मुद्धा दर्ता गरेका हुन् । कमिनी विवाह गरेको भनी घर निकाला गरी जातिय बिभेद गरेकाले जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार मुद्धा दर्ता गरिएको छ । कक्षा–१२ मा अध्ययनरत पिया र विश्वकर्मा दुवै जना २० बर्षका छन् । अध्ययनकै क्रममा प्रेम सम्वन्धमा परेकाले आपसी समझदारी विवाह गरेको दुवैजनाको भनाई छ । भरतपुर नगरपालिकामा ०७० साल चैत्र १७ गते विवाह दर्ता भएको छ । Read the rest of this entry »

नेपालमा वर्षेनी छ हजार नयाँ क्यान्सर रोगी

आनन्द पोखरेल
भरतपुर, १६ जेठ
विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनी ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका कारण ज्यान गुमाउन बाध्य भएका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts