समाचार पढ्दापढ्दै खाडी सवारी

Ramkumarरामकुमार एल्न
हेटौँडामा झन्डै डेढदशक पत्रकारिता गरेका रामशरण पुडासैनी जापान जाने तयारीमा जुटेका छन् । नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशन र मुल्ुकभरका १४ हजार पत्रकार चुनावी चटारोमा लाग्दा मकवानपुर शाखामा अध्यक्षका प्रत्यासी पुडासैनी भने हुँदाखाँदाको क वर्गको दैनिकमा सम्पादकको जागिर छाडेर भिसाका लगि दौडधूपमा छन् । उनी राजधानीबाट निस्कने नागरिकका क्षमतावान जिल्ला संवाददातामात्र थिएनन्, स्थानीय रेडियो स्टेसनमा फरक ढंगको समाचारमूलक कार्यक्रम बनाउने र साहित्यमा पनि आसालाग्दा पुस्ता थिए । एकाएक सम्पादकबाट राजीनामा दिएर पुडासैनी जापानमा अध्ययनका नाममा पत्रकारिताबाट पलायन हुँदैछन् ।
उसो त नेपान पत्रकार महासंघ मकवानपुर शाखामा कार्यसमिति सदस्य मनोज ढोडारी पनि दुबई गए । उनी पनि जिल्लामा पत्रकारितामा टिकेकै थिए । केन्द्रको पत्रकारितामा जोडिएकै थिए । तर पत्रकारितामा भविष्य सुरक्षित हुनु त परको विषय, आर्थिक गर्जो पनि टर्ने संकेत हराउँदै गएपछि उनी पलायन भए । मकवानपुरमै पत्रकारिता गरेका, साप्ताहिक पत्रिका प्रकाशन गरेका नेपाल वान संवाददाता बनेका होमनाथ चौलागाइँ पनि विदेशिए । रेडियो मकवानपुरका स्टेसन म्यानेजर आशीष दुलाललाई पनि विदेशले तान्यो र फर्किएर पत्रकारिता भन्दा अरु सामाजिक काममा लागेका छन् । रेडियो प्राविधिक हीरा तामाङ पनि कोरिया पुगे । हेटौँडा एफएमका समाचारवाचक श्री रिमाल पनि विदेश भासिए । रेडियो नेपाल, एभिन्यूज टेल्भििजनका संवाददाताका अलावा नारायणी एक्सप्रेस दैनिकका प्रधान सम्पादक कमल अधिकारी पनि जापान भासिए । उनी नेसनल युनियन अफ जर्नलिस्टका केन्द्रीय सदस्य पनि थिए । लेख्न सक्ने हैसियत बनाएर पत्रकारिता गरिरहेका थानेश्वर पहाडी पनि कोरिया गए । Read the rest of this entry »

फुटबल सिकाउने भन्दै अपहरणको योजना

kidnapमिलनचोकका तीन बालक अपहरणमुक्त
फुटबल सिकाउने भन्दै अपहरणको योजना
सावित्री सापकोटा
भरतपुर १ साउन
भरतपुर १२ स्थित मिलनचोकका तीन बालकलाई ललाइ फकाइ अपहरण गरेर उनीहरुका परिवारसंग फिरौति रकम माग्ने कृष्णपुरका टेकबहादुर सुयललाई चितवन प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ । मिलनचोक बस्ने १२ वर्षिय सोहन खड्का, १३ वर्षका भुवन पौडेल र १४ बर्षका सागर कुँवरलाई सुयलले भरतपुर माध्यमिक विद्यालय अगाडिको चौरबाट गएको बुधबार ‘अपहरण’ गरेका थिए ।
प्रहरीका अनुसार यसरी अपहरण गर्ने सुयल कुनै पेशेवर गिरोह भने होइनन् । उमेरले १७ वर्ष पार गरेका उनी कृष्णपुरकै राष्ट्रिय माविमा कक्षा दशमा पढ्छन् र हाल क्यान्सर अस्पतालको २ नं. गेट नजिक बस्छन् । पक्राउ परेपछि प्रहरीको प्रारम्भिक बयानमा सुयलले आफूले मोजमस्तीका लागि पैसा खर्च गर्र्न बालकहरुलाई अपहरण गरी परिवारसंग पैसा मागेको स्वीकारेका छन् ।
बुधबार मिलनचोकबाट तीन जना बालक हराएपछि परिवारबाट सन्नाटा छाएको थियो । छोराहरु हराएको केहि बेरपछि उनीहरु अपहरणमा परेको भनि सुयल आफैले आफ्नै मोवाइलबाट परिवारलाई जानकारी गराएका थिए । सबैका परिवारलाई पालैपालो फोन गरेर सुयलले पैसाको बार्गेनिङ गरी फिरौती समेत माग गरे । परिवारबाट सुयलले भने अनुसार पैसा बुझाएपछि बालकहरु बल्ल ‘अपहरणमुक्त’ भए । बालकहरु घर आइसकेपछि परिवारले यो घटना प्रहरीलाई जानकारी गरायो । यसपछि, सुयलले प्रयोग गरेको मोवाइलको आधारमा प्रहरीले सुयललाई भरतपुर–९ को सृजनाचोकबाट पक्राउ गरेको हो । Read the rest of this entry »

Older posts «

» Newer posts