देवघाटमा त्रिकोणात्मक झोलुङ्गे पुल बनाउन पहल

सुवास पण्डित
भरतपुर, ३ साउन
देवघाट क्षेत्र विकास समितिले पवित्र तीर्थस्थल देवघाटधाममा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि पहल अघि बढाएको छ । समाजसेवी एव् राजनीतिज्ञ शैलेन्द्र पिया देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त भएपछि तनहुँ, नवलपरासी र चितवन जोड्ने गरि त्रिकोणात्मक पुल निर्माणका लागि पहल अघि बढेको हो ।
पियाले देवघाटको नदि छेउलाई मध्यभाग मानि, चितवन, तनहुँ र नवलपरासीको गैंडाकोट जोड्ने गरि पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव लगिएको जानकारी दिए । अहिलेको पुलले चितवन र तनहुँको देवघाट क्षेत्रलाई मात्र जोड्ने तर नवलपरासी क्षेत्रबाट आउने भक्तजनहरुलाई असुविधा भएकोप्रति क्षेत्र विकास समिति सचेत रहेको पियाले बताए ।
पियाले अहिलेको संरचना जीर्ण तथा जोखिम बनेकोले नयाँ संरचना तत्काल निर्माणका लागि पहल अघि बढेको बताए । देवघाटलाई रिङ्गरोड क्षेत्र भित्र पार्ने योजना पनि समितिले अघि सारेको छ । Read the rest of this entry »

व्यवसायिक कृषि अनि विषादीको हल्ला

bikash amatyaविकास अमात्य
हामी सधैँ कृषिलाई व्यवसायीकरण गर्न नसकेको आधुनिकिकरण गर्न नसकेको जस्तो कुराहरु वर्र्षै भरी गरिरहन्छौँ । तर हामी कहिले पनि योजना बनाएर कुनै पेशा, व्यवसाय वा कामको थालनी गर्दैनौँ । हल्लाको पछाडि लागेर अरुको देखा सिकिमा व्यापार व्यवसायमा जीवनभरको कमाई या पुख्र्यौली सम्पत्ति नै सिध्याएर पाटीबास हुनेहरुको सङ्ख्या पनि लामै छ । सरकारको तर्पmबाट न कहिल्यै योजनावद्ध व्यवसायिक, वा सामुहिक खेतीको अवधारणा ठोस रुपमा ल्याएको नै छ । सरकारको नीति, कार्यक्रम तथा बजेटमा आएको कुराहरु सबै सरकारी किताबहरुमानै सिमित हुने गरेको छ ।
सरकारले विभिन्न सहकारी अथवा कृषि बैकहरु मार्पmत किसान, वा व्यवसायिक खेती गर्नै लागि परेको वास्तबिक समूह र लक्षित वर्गमा साँच्चैनै उक्त कार्यक्रम वा रकम सदुपयोग भएको छ कि छैन भनि त्यसको अनुगमन गर्ने निकाय खै ? कुखरा पालन, माछा पालनको नाममा ऋण लिएर अरब, मलेसिया जानेको पनि हामीकहाँ कमी छैन । देशको बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गराउन भनि प्रदान गरिने विभिन्न आर्थिक सहयोगहरु पनि पेशा व्यवसायको नाममा राजनीतिक दलका कार्यकर्ता पोस्ने माध्यम मात्र हुने गरेको छ ।
व्यवसायिक कृषि अनि पशुपालन गर्न सीपमुलक तालिम खै ? विभिन्न हाईब्रिड बिउ बिजनको कारण र बिदेशबाट सिकेको प्रबिधिको कारण अहिले हामीले अफ सिजन भनिने समयमा पनि बजारमा काउली, मुला, गाँजर, धनिया आदि सजिलैसँग प्राप्त गर्न सकिरहेका छौँ । अझै पहिले पहिले अफ सिजनमा फल्ने गरेका तरकारीहरुको बजार मूल्यले आकाश छोएको हुन्थ्यो भने अहिले सामान्य मूल्यमा नै हामीले प्राप्त गर्न सकिरहेका छौँ । त्यो सबै हुनुको कारण बजार बढ्नु, अनि छोटो समयमानै नगदको कारोबार भईरहनु पनि हो भने उपयुक्त प्रविधिले खेती गर्दा असम्भव भन्ने केहि पनि हुदैन रहेछ भन्ने जानकारी भए पश्चात कृषि पेशामा आर्कषण बढ्नु हो । Read the rest of this entry »

Older posts «

» Newer posts