होमस्टेले ल्याएको परिवर्तन

homestayसविता श्रेष्ठ
चितवन । माटोले लिपेको टीनले छाएको चिटिक्कको दुई कोठे घर । घरसँगै जोडिएको स्यानो भान्छा । सरसफाई गरेर लिपिएको आँगन । घर र भान्छा दुवैलाई थारु परम्परा अनुसार थारु जातिको पहिचान झल्किने गरेर सजाईएको छ ।
२८ वर्षीय जीतकुमारी महतोले यसरी सजाएको र चिटिक्क पारेको घर आफ्नो लागि बनाएकी होईनन् । आफ्नो घरमा बस्न आउने पाहुनाका लागि भनेर उनले एट्याच बाथरुम भएको दुई कोठे पक्की घर बनाएकी हुन् । उनी घरको सरसफाईमा निकै ध्यान दिन्छिन् । बिहानदेखी बेलुकासम्म घरमा आउने पाहुनाको सत्कारका लागि तयार हुन्छिन् । विगत एक वर्ष देखी उनले गर्ने काम र दैनिकी बदलिएको छ । किनभने उनको घरमा होमस्टे छ । दुई कोठामा चार जनासम्म पाहुनाहरु बस्न मिल्छ आफ्नो होमस्टेमा आउने पाहुनाको बसाई आरामदायी होस् भनेर उनी खानपान र बसाईमा विशेष ध्यान दिन्छिन् ।
एक छोरा र एक छोरी रहेकी जीतकुमारीका श्रीमान् नेपाल प्रहरीमा छन् । होमस्टे सञ्चालन गर्नु अघि उनी बाख्रापालन तथा खेतीपातीमा नै व्यस्त हुन्थिन् । आफ्नो ४ कठ्ठा जमिनमा गरेको खेतीले नपुग्ने हुँदा अधियाँमा खेती गर्थिन् । ‘पैसाको समस्या थियो । घण्टे मेला गएर खेतीपातीको काम गर्थे ।’ उनी भन्छिन्–‘फुर्सद पनि हुन्थ्यो । दिनभर गफ गरेर बिताउँथे ।’
होमस्टे सञ्चालन गरेपछि भने उनको फुर्सदिला दिन घटेका छन् । आफ्नो खेतीपाती र पाहुनाका लागि तयारी गर्दैमा उनको समय कट्ने गर्छ । होमस्टे सञ्चालन गरेपछि व्यस्तता बढेसँगै आम्दानीको स्रोत पनि जीतकुमारीलाई जुटेको छ । Read the rest of this entry »

विद्युत प्राधिकरण भरतपुरद्वारा ८० करोड राजश्व सङ्कलन

प्रकाश सिग्देल
भरतपुर, ३ साउन
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्ष ०७०÷७१ मा ८० करोड ७० लाख १५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा छ करोड रुपैयाँ बढि हो ।
विद्युत प्राधिकरण भरतपुरले आर्थिक वर्ष ०६८÷६९ मा ५४ करोड ६३ लाख ७५ हजार आठ सय २२ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । ०६९÷७० मा राजश्व सङ्कलन बढेर ७४ करोड ३४ लाख ५१ हजार रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष ०६९÷७० राजश्व सङ्कलनको हिसावले सफल वर्षको रुपमा रहेको प्राधिकरणले जनाएको छ । उक्त आर्थिक वर्ष विद्युत चुहावट र बक्यौता रकम असुलिमा कडाई गरिएकोले अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक राजश्व सङ्कलन भएको कार्यालयका लेखा अधिकृत केशर बहादुर ताडाले बताए । प्राधिकरणले पछिल्लो समयमा भने विद्युत चुहावट नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकोे जनाएको छ । Read the rest of this entry »

Older posts «

» Newer posts