सहयोग खोज्दै ह्विलचियर यात्री

??????????सविता श्रेष्ठ
चितवन । ओखलढुङ्गा प्राप्चा ४ का तेजबहादुर कार्की (५०) बेडसोरको उपचार गर्न सहयोगको खोजीमा छन् । चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आएका उनलाई अस्पतालले काठमाण्डौं जान रिफर गरेको छ । काठमाण्डौंसम्म पुग्ने खर्च नभएर उनी अस्पतालमै बस्न बाध्य भएका छन् ।
२० बर्ष बस गुडाएका कार्कीले २०५७ कार्तिकमा भएको बस दुर्घटनामा परेर दुवै खुट्टा गुमाएका थिए । मकालु बसका चलाउँदा बसको टाईरड भाँच्चिएर उनी धादिङको जोगिमारा ९ ज्यामिरेघाटमा उनी दुर्घटनामा परेका थिए । दुर्घटना भएको तीन महिनापछि उनको खुट्टा काट्टिएको थियो । दुर्घटनापछि उपचार खर्च र १० वर्षसम्म मासिक ८ हजार बस सञ्चालकले सहयोग गरेको कार्की बताउँछन् ।
शारीरिक अशक्त भएपनि देशको नाम फैलाउँछु भनेर १० वर्ष अघि उनले विश्व ह्विलचियर यात्रा सुरु गरेका हुन् । यात्राको क्रममा नेपालको ७५ जिल्ला, बर्मा र सार्क देशको भ्रमण गरेको कार्की बताउँछन् ।
बङगलादेशको यात्रा सकेर भीसा आवेदनको प्रक्रियाका लागि उनी दिल्ली गएको समयमा शरीरमा घाउ भएको कार्कीले बताए । ‘घाउ भएको ४ महिना भयो । दिल्लीमा उपचार गर्न क्वीमा बस्नुपर्ने भएपछि यतै आएँ ।’ शरीरमा घाउ भएपछि उनको विश्वयात्राका ४ सहयोगीहरुले भैरहवा ल्याएर छोडिदिएको कार्कीले बताए ।
भैरहवामा भेटिएका सुनसरी धरानका जेम्स कार्कीले असार २८ गते भरतपुर अस्पतालमा कार्कीको भर्ना गराएका हुन् । ‘प्लाष्टिक सर्जरी गरेर घाउ निको बनाउनुपर्छ’ आफ्नो उपचारको बारेमा बताउँदै कार्की भन्छन्–‘यहाँ (भरतपुर अस्पतालमा) मेशीन नहुँदा रेफर गरेको छ ।’ Read the rest of this entry »

चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरी पक्राउ

gopal grirमहिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप
सुवास पण्डित
भरतपुर, ४ साउन
भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गिरीमाथि अस्पतालमै कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ ।
पीडित पक्षले गरेको ठाडो उजुरीका आधारमा प्रहरीले अस्पतालबाट नै गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक स्टाफ नर्सलाई गएको शुक्रबार राति साढे १० बजे दुव्र्यवहार गरेको पीडितको भनाई छ । घटना शुक्रबार राति भएपनि अस्पतालले भित्रै मिलाउने प्रयास गरेपनि मिल्न नसकेपछि पीडित पक्षले शुक्रबार प्रहरीमा उजुरी गरेको हो ।
दुव्र्यवहारबाट पीडित महिला कर्मचारीले दोषी गिरीमाथि कडा कारवाहीको माग गरेकी छिन् । ‘अस्पताल भित्र नै यस्तो घटना होला भनेर सोचेको थिइन्’ पीडितको गुनासो छ । गिरीले आफुबाट गल्ती भएको र अब आइन्दा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जाहेर गरेपनि पीडित पक्षले गिरीलाई प्रहरीको जिम्मा लगाउन आग्रह गरेका थिए ।
पीडितसँगै सोही दिन ड्यूटीमा रहेकी सन्ध्या घिमिरेले प्रबन्ध निर्देशक गिरी सो दिन मादक पदार्थ सेवन गरेर आएको दाबी गरिन् । उनले भनिन्– ‘हामीले सम्मान गर्ने व्यक्ति आएपनि नमस्कार भन्यौं, हामीलाई कहाँ बस्छौ अरु के गर्छौ’ भनेर सोधे, म भित्र आइसियूमा लागेँ, त्यहीँ भित्र प्यासेजमा उनले दुव्र्यवहार गरेछन् ।’ Read the rest of this entry »

Older posts «

» Newer posts