सञ्चारपत्र सम्वाददाता
भरतपुर, १२ साउन
नेपाल पत्रकार महासंघ, चितवनले जिल्लामा पत्रकारिताको संस्थागत विकासका सन्दर्भमा सरकारी कार्यालयका प्रमुखहरुसँग सोमबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तक्र्रियामा पत्रकार महासंघ चितवनको भवन निर्माणमा सहयोग गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सकारात्मक देखिएका छन् । कार्यालय प्रमुखहरुले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको निर्माणाधिन भवन निर्माणलाई पूर्णता दिन आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
छलफलको क्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिले पत्रकारहरुलाई समाजमा सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकतामा राखिदिन सुझाएका छन् । सकारात्मक र विकास पत्रकारितालाई प्राथमिकता दिन उनीहरुले आग्रह गरेका छन् ।
