प्रकृति जोगाउँदा मात्रै बाघको संरक्षण

tiger_closeupआनन्द पोखरेल
सौराहा, १३ साउन
संसारमै दुर्लभ जनावर बाघ संरक्षणको लागि प्राकृतिक वातारण जोगाउनु पर्नेमा संरक्षणकर्मीहरुले जोड दिएका छन् । विश्व बाघ दिवस २०१४ को अवसरमा मङ्गलबार सौराहामा आयोजित अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले बाघ संरक्षणको लागि तराईको चुरे क्षेत्र जोगाउनुपर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका कार्यालय प्रमुख डाक्टर चिरञ्जिवि पोखरेलले बाघ संरक्षणको लागि जङ्गललाई संरक्षित क्षेत्र घोषणा गरिनु राम्रो कार्य भएको बताए । ‘माइकेनिया (बनमारा) झारको कारण बाघ संरक्षणमा चुनौती थपिएको छ’ पोखरेलले भने– ‘हाम्रो वरिपरी रहेको वन जङ्गललाई संरक्षित गर्न सक्यौँ भने बाघको संरक्षणमा टेवा पुग्छ ।’ वन जङ्गलको संरक्षण गर्न सके बाघको संरक्षण हुने र बाघको संरक्षण भएको अवस्थामा मात्र वन जङ्गलको संरक्षण हुनेमा पोखरेलले जोड दिए ।
नेपाल, भारत, भुटान, बङ्गलादेश लगायत विश्वका करिव १३ मुलुकमा पाँच प्रजातिका तीन हजार दुई बाघ रहेको पोखरेलले बताए । विश्वमा सबैभन्दा बढी भारतमा लगभग एक हजार सात सय भन्दा बढी बाघ रहेको पोखरेलले जानकारी दिए । सङ्ख्यात्मक हिसावले बाघ बढी भएको मुलुकमध्ये नेपाल सातौँ स्थानमा पर्ने पनि उनले बताए ।
नेपालमा हाल एक सय ९८ वटा बाघ रहेका छन् । नेपालमा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी एक सय २० वटा बाघ रहेको पोखरेलले बताए । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा बन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा सात र बाँके राष्ट्रिय निकुञ्जमा चार वटा बाघ रहेका छन् । Read the rest of this entry »

चुलियो नेविसंघ चितवनको विवाद

nebisangदुई समूहका छुट्टाछुट्टै अधिवेशन आह्वान
सुवास पण्डित
भरतपुर, १३ साउन
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनको विवाद झनै चुलिएको छ । नेविसंघ चितवनका दुई वटा समुहले साउन १९ गते अलग अलग जिल्ला अधिवेशन आह्वान गरेका छन् ।
सूर्य ढकाल नेतृत्वको र अरुणेश्वर खनाल नेतृत्वको नेविसंघका दुई जिल्ला संघले साउन १९ गतेका लागि अलग अलग जिल्ला अधिबेशन आह्वान गरेपछि नेविसंघ चितवन भित्रको बिवाद छताछुल्ल भएको हो ।
नेविसंघको तीन वटा समितिलाई एक गरि विवाद समाधान गर्ने प्रयास भएपनि नेविसंघ भित्रको झगडा कम नभई झनै चर्किन गएको छ । नेविसंघ चितवनका पूर्व अध्यक्ष उत्तम जोशीलाई सोमबार केन्द्रिय सदस्यमा मनोनित गरेपछि तीन समुहबाट विवाद दुई समुहमा झरेको छ ।
समस्या समाधानका लागि केन्द्रिय प्रतिनिधिका रुपमा आएको भूपेन्द्र कोइराला सहितको तीन सदस्यीय टोलीले सूर्य ढकालको नेतृत्वमा नेविसंघ जिल्ला अधिवेशन आयोजक समिति बनाएपछि अरुणेश्वर खनाल पक्षले पनि नयाँ आयोजक समिति बनाएर एकै दिन अलग जिल्ला अधिवेशन आह्वान गरेको हो ।
कोइरालाको विवाद समाधान टोलीमा जिल्ला पार्टी सदस्य राजीव न्यौपाने र पूर्व जिल्ला अध्यक्ष उत्तम आचार्य सदस्य रहेका थिए । सूर्य ढकाल नेतृत्वको नेविसंघले नारायणगढमा जिल्ला अधिवेशन गर्ने जनाएको छ भने खनाल नेतृत्वको टोलीले वीरेन्द्र क्याम्पसमा जिल्ला अधिवेशन गर्ने तयारी थालेको छ । Read the rest of this entry »

Older posts «

» Newer posts