चोरीको गहना किन्दा व्यवसायी थुनामा

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ४ असोज
सुनचाँदी व्यवसायीले गहना बेच्ने मात्रै गर्दैनन् । ग्राहकबाट सुनचाँदीका गहना किन्ने पनि गर्छन् । यसैले गहना बेच्दा आफ्नो पसलको बिल दिएर मात्रै बेच्नुपर्छ भने ग्राहकसंग बिल भएको गहना मात्र किन्न पाईन्छ । सुनचाँदी व्यवसायको कारोवार गर्दा चोरीका गहनाहरु किनबेच नहुन् भन्नका लागि यसो गरिएको हो । तर बुटवलका एक सुनचाँदी व्यवसायी भने बिलसहितको सुन किन्दा समेत चितवन प्रहरीको कारवाहिमा परेका छन् । बुटवलका व्यवसायी रवि विकलाई चोरीको सुन कारोवार गरेको आरोपमा प्रहरीले ईलाका प्रहरी कार्यालय, रत्ननगरमा एक हप्तादेखि हिरासतमा राखि अनुसन्धान गरिरहेको छ ।
धादिङ घर भएका अनिल पाण्डेले टाँडीमा रहेको प्रदिप गेष्ट हाउसबाट भदौ २८ गते सुन चोरेर बुटवलको पुष्पलाल पार्कमा रहेको शिव श्रीराम गुल्मेली सुनचाँदी पसलमा लगि बेचेको प्रहरीको भनाई छ । पाण्डेले बिलसहितको एक तोला ९४ लालको सुनको सिक्री बिक्री गरेको वडा प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर केदारराज पन्तले बताए । ‘पसलमा भएको सीसीटिभी क्यामेरा हेर्दा पनि सिक्री बिक्री गरिएको देखिएको छ ।’ पन्तले भने ।
बुटवलमा सिक्री बेचेर टाँडी आइसकेपछि चोरीको आरोपमा पाण्डे पनि पक्राउ परेका हुन् । तर अनुसन्धानका लागि चोरीको गहना किन्ने पसल देखाउन प्रहरीसहित बुटवल पुगेका पाण्डे भने प्रहरीको नियन्त्रण कक्षबाटै फरार भएपछि यो घटना रहस्मय भएको छ । ‘एकातिर प्रहरीको नियन्त्रणमा रहेको चोर फरार हुने, अर्कोतिर विनाकारण बुटवलको व्यवसायीलाई अनुसन्धानको बहानामा चितवन ल्याएर थुन्ने काम भएको छ । यो हामीमाथि अन्याय हो ।’ हाल प्रहरीको थुनामा रहेका पसल सञ्चालक रवि विकका दाजु बाबुराम विकले भने ।
‘बिल सहितको गहना लिएर आएपछि हामीले किनेका हौँ । त्यसमाथि गहना बेच्ने बेलामा उसले आफ्नो परिवार साह्रै विरामी भएकाले उपचारका लागि गहना बेच्नुपरेको बतायो ।’ बिकले भने–‘त्यसमाथि सबै कुरा सीसीटिभी क्यामेरामा छर्लङ्ग छ । हामीले सुनभन्दा अरु कुरा किनेका छैनौँ ।’ Read the rest of this entry »

सञ्चार सञ्जालमा एकलको नेतृत्व

ekal silwalसञ्चारपत्र सम्वाददाता
भरतपुर, ७ भदौ
श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गराउन सञ्चार सम्वद्ध संस्था, सरकार तथा सरोकारवालासंग माग गर्ने लगायत विभिन्न छ बँुदे प्रस्ताव पारित गर्दै सञ्चार सञ्जाल चितवनको सातौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार भरतपुरमा सम्पन्न भएको छ ।
अधिवेशनले कान्तिपुर पब्लिकेसन्सको प्रकाशन र वितरणमा गरिएको अवरोधप्रति पनि खेद व्यक्त गरेको छ । पब्लिेकसन्ससंग भएको गुनासो तथा मागलाई वार्ताद्वारा टुंग्याउँदै पत्रिका निर्वाध वितरण गर्ने वातावरण सिर्जना गर्न पनि सञ्जालले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
दश वर्षअघि चितवनका व्यवसायिक पत्रकारहरुको सक्रियतामा सञ्चार सञ्जालको स्थापना भएको थियो । सञ्जालले विभिन्न सामाजिक विषयवस्तुलाई सञ्चारमाध्यममा ल्याउनेदेखि पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि समेत काम गर्दै आएको छ ।
शनिवार सम्पन्न संस्थाको चौंथो अधिवेशनले पुनः एकल सिलवालकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पदाधिकारीतर्फ भने कार्यसमितिको उपाध्यक्षमा सूर्यप्रकाश कँडेल, सचिवमा रमेशकुमार पौडेल, कोषाध्यक्षमा सविता श्रेष्ठ र सह–सचिवमा सुरज पौडेल सर्वसम्मत चयन भएका छन् । यसैगरि सदस्यहरुमा दिपेन्द्र बडुवाल, तिलकराम रिमाल, मोहन बस्याल र कृष्णप्रसाद पौडेल सर्वसम्मत भएको संस्थाले जनाएको छ ।  Read the rest of this entry »

Older posts «

» Newer posts