रत्ननगरका ‘अगुवा’ तासको खालवाट पक्राउ

imagesसञ्चारपत्र सम्वाददाता
रत्ननगर, १८ कात्तिक
रत्ननगर नगर बिकास वोर्डका अध्यक्ष दिपक पौडेलसहित नौजनालाई प्रहरीले मध्यरात तासको खालवाट पक्राउ गरेको छ ।
सोमवार राती १ बजे ईलाका प्रहरी कार्यालय टाँडीको टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा रत्ननगर–१२ स्थित निराजन थापाको घरवाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रत्ननगर–२ घर भएका विकास वोर्डका अध्यक्ष पौडेल, रत्ननगर–१० का विनोद पौडेल, रत्ननगर–१२ का शंकर दुवाडी, जुटपानी–५ का हिमबहादुर तीवारी, रत्ननगर–१२ का हुकुम सुयल, रत्ननगर–३ का राममणी थपलिया, रत्ननगर–१० का बिपिन पोख्रेल, रत्ननगर–८ का विनोद पोख्रेल र घरमुली निराजन थापा रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
पक्राउ परेकामध्ये बिनोद पोख्रेल उद्योग वाणिज्य संघ रत्ननगरका उपाध्यक्ष हुन् । त्यस्तै बिपिन पोख्रेल उद्योग वाणिज्य संघ रत्ननगरका कार्यसमिति सदस्य हुन् ।
उनीहरुका साथवाट प्रहरीले तीन लाख ३९ हजार ८ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले चितवन जिल्ला अदालतमा जुवा ऐन अन्तरगत मुद्धा अघि बढाएको छ । Read the rest of this entry »

सञ्चारकर्मीलाई सामसुङ जुममा बिशेष छुट

imagesइन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली संचारकर्मीहरुलाई आवश्यक पर्ने २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीहरुलाई सस्तोमा उपलब्ध गराउने भएको छ। 
 
फोटोजर्नालिस्ट क्लबको सिफारिसमा उपलब्ध गराउने यस स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई गरिदिने भएको छ। बजारमा एमआरपी मुल्य ५२ हजार रहेको यो स्मार्टफोनमा २० मेगापिक्सलको क्यामेरा र १० एक्स जुम रहेको छ।
 
क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारहरुका लागि एउटै सेटमा यो सुबिधा रहेको छ। 
समाचार संकलनका लागि जानेहरुले समाचार संकलनका साथै यो मोबाइलबाट तस्बिर खिचेर प्रकाशित गर्न सहज हुने बिश्वास आइएमएसले लिएको छ।
 
उच्चस्तरिय तस्बिर खिच्ने यो स्मार्टफोनको साथमा ५ हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि उपलब्ध गराउने भएको छ। 
 
केहि रकम बुझाएपछि किस्तामा किन्न सकिने यो स्मार्टफोन सिमित रहेकोले आइएमएसले यसबाट लाभान्बित हुन आग्रह गरेको छ। 
 
फोटोजर्नालिस्ट क्लबले सिफारिस गरेको संचारकर्मीहरुलाई ग्लोबल आइएमई बैंकले उसको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधिबाट लोन प्रबाह गर्ने जानकारी ग्लोबल आइएमई बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर जनक शर्मा पौडेलले जानकारी दिए।
 
आइएमएसका अध्यक्ष दिपक मलहोत्राले यो छुट योजनाका लागि सिमित स्मार्टफोन मात्र रहेकोले संचारकर्मीहरुलाई छिटो फाइदा लिन आग्रह गरे। सित्तैमा उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दापनि नफुट्ने आइएमएसले जनाएको छ।
 
आइएमसले नेपाली मार्केटमा २२ सय वटा ग्यालेक्सी केजुमको बिक्री गरिसकेको अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए। Source ; Setopati
 

Older posts «

» Newer posts