‘नगरपालिका’ जहाँ बिजुली समेत छैन

madi ko bidhut ko durupayogतीर्थ नेपाल
भरतपुर, १७ मंसिर
चितवन निकुञ्ज पारीको दक्षिण पश्चिम क्षेत्र ‘माडी’ उपत्यकामा अझै बिजुली पुगेको छैन । सोही उपत्यकाको चार वटा गाउँ विकास समिति गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरीलाई समेटेर सरकारले मंगलबार नगरपालिका घोषणा गरेको छ ।
नगरपालिका घोषणा गर्नुपूर्व त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारमध्ये बिजुली बत्ती पुग्नुपर्ने प्रावधान पनि मुख्य हो । तर नयाँ घोषणा गरिएको माडी नगरपालिकाका बासिन्दा अझैपनि बैकल्पिक उर्जाको प्रयोग गर्न बाध्य छन् । धन हुनेले सोलार पावरबाट बत्ती बाल्छन् । बिपन्नलाई टुकी बत्तीकै सहारा छ ।
नवघोषित माडी नगरपालिकाको चारवटा गाविसमा गरी ३७ हजार छ सय ८३ जनसंख्या रहेको स्थानीय विकास मन्त्रालयको तथ्याङ्क छ । क्षेत्रफल दुई सय १८ वर्ग किलोमिटर छ । माडी नगरपालिकाको केन्द्र बघौडाको बसन्तपुर बजारलाई तोकिएको छ । चारवटा गाविसलाई एउटा नगरपालिका बनाउँदा १२ वटा वडा बनाउने सरकारको निर्णय छ ।
माडी बहुमुखी क्याम्पस बसन्तपुर, जनजीवन उच्चमावि अयोध्यापुरी र सोमेश्वर उच्चमावि गर्दी गरी माडी उपत्यकामा एउटा क्याम्पस र दुईवटा उच्चमावि रहेका छन् । यहाँ स्वास्थ्य सेवाको पनि उत्तिकै समस्या छ । अयोध्यापुरीको खरकट्टामा स्वास्थ्य चौकी छ तर दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन् । बघौडाको बसन्तपुरमा अस्पताल छ, चिकित्सक छैनन् । गर्दी र कल्याणपुरमा पनि उपस्वास्थ्य चौकी छ आवश्यक स्वास्थ्यकर्मी छैनन् । Read the rest of this entry »

निजीमा समातिए क्यान्सरका डाक्टर

Sanjaya Shahaसुवास पण्डित
भरतपुर, १५ मंसिर
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका एक डाक्टर कार्यालय समयमा निजी क्लिनिकमा काम गर्दागर्दै समातिएका छन् ।
क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डाक्टर सञ्जय कुमार साह सोमबार सगरमाथा डायग्नोष्टिक सेन्टर भरतपुरमा काम गर्दागर्दै समातिएका हुन् । उनले क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा अल्ट्रासाउण्ड र सिटी स्क्यान गराउँदै आएका थिए ।
क्यान्सर अस्पतालमा आएका बिरामीलाई निजी डायग्नोष्टिक सेन्टरमा बोलाएर एक्सरे गर्दागर्दै डाक्टर साहलाई नागरिक समाजका व्यक्तिहरुले सोमबार दिउँसो पौने १ बजे पक्राउ गरि क्यान्सर अस्पताल भित्र रहेको प्रहरीलाई बुझाएका थिए । प्रहरीले साहलाई अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिवि पुन र उप कार्यकारी निर्देशक डाक्टर देज कुमार गौतम समक्ष बुझाएको थियो ।
डाक्टर साह नर्मदा बिसिको यूएसजी गर्दै गर्दा पक्राउ परेका थिए । करार सेवामा रहेका साहले पटक पटक कार्यालय समयभित्र बिरामीलाई अस्पताल बाहिर बोलाइ एक्सरे, सिटी स्क्यान गराउँदै आएका थिए । उनीमाथि नागरिक समाजका अगुवाहरुले निगरानी गर्दै आएका थिए । Read the rest of this entry »

Older posts «

» Newer posts