तीनवर्षमा लोडसेडिङ अन्त्य ः ऊर्जामन्त्री

RADHA‘दुईतिहाईबाटै संविधान जारी गर्नेे तयारी’
तीर्थ नेपाल
भरतपुर, ५ पुस
ऊर्जामन्त्री राधा ज्ञवालीले संविधान निर्माणमा सहमती नजुटे सरकारले माघ ८ मै संविधानसभाको दुईतिहाईबाट संविधान जारी गर्ने तयारी गरेको बताएकी छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभालाई शनिबार भरतपुरमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले तोकिएको मितिमा संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । ‘सहमती जुट्दैन भने जनादेशलाई सम्मान गर्नुपर्छ’ ऊर्जामन्त्री ज्ञवालीले भनिन्– प्रक्रियामा गएर दुईतिहाईबाटै तोकिएको मितिमा सरकार नयाँ संविधान ल्याउन प्रतिबद्ध र दृढ छ ।
मन्त्री ज्ञवालीले संविधान नबनाउने षडयन्त्र भैरहेको दावी समेत गरिन् । संविधान निर्माण हुन नसक्दा मुलुकमा राजनीतिक अस्थिरता लम्बिएको र यसले विकासलाई बाधा पु¥याएको उनको विश्लेषण थियो । ऊर्जामन्त्री ज्ञवालीले विद्युतको विकास नभएसम्म समृद्धि हासिल हुन नसक्ने धारणा राखिन् । Read the rest of this entry »

ह्याचरी संघमा ऋषिरामको नेतृत्व

सञ्चारपत्र सम्वाददाता
सौराहा, ५ पुस
नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा पुनः ऋषिराम पौडेल चयन भएका छन् । संघको शुक्रबार सौराहामा सम्पन्न १३ औँ वार्षिक साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको विधान अनुसार निवर्तमान अध्यक्ष धनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।
त्यसैगरी, संघको उपाध्यक्षमा ज्ञानबहादुर विसुराल, सचिवमा परशुराम अधिकारी र कोषाध्यक्षमा हरिशरण पौडेल चयन भएका छन् । सदस्यहरुमा तारानाथ कुँवर, शरण पन्त, बलराम सापकोटा, मुकुन्द कँडेल, बलराम अर्याल, रामबाबु खराल, कृष्णप्रसाद अधिकारी र शिवराम उप्रेती निर्वाचित भएका छन् ।
साधारणसभामा नेपाhyacharyल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्ट प्रमुख अतिथि रहेका थिए । साधारण सभाको बन्दमा निर्वाचन समितिका संयोजक मित्रराज दवाडीले नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरेका थिए ।
अध्यक्ष पौडेल सुलभ ह्याचरीका सञ्चालक हुन् भने उपाध्यक्ष बिसुराल उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष एवम् शिखर पोल्ट्री ब्रिडिङका सञ्चालक हुन् । सचिव अधिकारी एम्एम् पोल्ट्री ब्रिडिङ प्रालिका अध्यक्ष तथा कोषाध्यक्ष पौडेल मिलन पोल्ट्रीका सञ्चालक हुन् ।
साधारणसभाको समापन नव निर्वाचित अध्यक्ष ऋषिराम पौडेललको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा पोल्ट्री महासंघका अध्यक्ष विष्ट, चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, ह्याचरी संघका केन्द्रिय अध्यक्ष शिवप्रसाद शर्मा, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र तथा प्रशंसनीय कार्य गरेको भन्दै नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी कार्यक्रम अधिकृत शिवप्रसाद बराललाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

Older posts «

» Newer posts