लुखुरलुखुर पूर्वराजा

गए ती दिनः बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिरः सन्दिप भट्ट÷सञ्चारपत्र

गए ती दिनः बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिरः सन्दिप भट्ट÷सञ्चारपत्र

 

 सञ्चारपत्र सम्वाददाता

भरतपुर, ६ पुस
शासनमा हुँदा नेपालका राजाहरुको शानशौकत बेग्लै हुन्थ्यो । विशेष उडानबाट सुरक्षाकर्मीको अगुवा पछुवा लिएर ठूलो तामझामका साथ एयरपोर्टमा ओर्लदा बिमानसम्मै पुगेर स्वागत सत्कार गर्नेको लर्को लाग्थ्यो । स्वागत सत्कारमा रम्दै मुसुमुसु हाँस्थे, हल्का टाउको हल्लाउँथे ।
बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो १२ बजे भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई देख्दा प्रष्ट बुझ्न सकिन्थ्यो, अब साँच्चै गएछन् ती दिन ।
जहाजबाट उत्रिएर लुखुरलुखुर हिंड्दै गरेका पूर्वराजा शाहका अघिपछि नत कुनै तामझाम थियो न बग्रेल्ती अगुवापछुवा नै । पछिपछि दुईजना झोला बोकेका मान्छे अनि दायाँबायाँ मात्र दुई सुरक्षाकर्मी ।
विमानस्थलको गेटबाट बाहिरिँदै गर्दा भने शाहलाई राप्रपा र राप्रपा नेपालका कार्यकर्ताले स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न अग्रपंक्तिमा चितवन क्षेत्र नम्बर ५ का सभासद् विक्रम पाण्डेसहितको टोली बसेको थियो । त्यस्तै, राप्रपा नेपाल, चितवनका अध्यक्ष बद्री तिमिल्सिना लगायतका कार्यकर्ताको समूहले पनि स्वागत गरेको थियो । Read the rest of this entry »

भरतपुर अस्पतालमा सशस्त्रद्वारा सरसफाई

सञ्चारपत्र सम्वाददाताHospital 3

भरतपुर, ५ पुस
भरतपुर अस्पतालमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भरतपुरले शुक्रबार बिहान सरसफाई गरेको छ । सिमा सुरक्षा कार्यालय भर

तपुरका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीको नेतृत्वमा झण्डै ६० जना सशस्त्र प्रहरीले अस्पताल परिसरमा सरसफाई गरेका थिए ।
प्रहरी उपरीक्षक उप्रेती, भरतपुर अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. केशवराज भुर्तेलले संयुक्त रुपमा सरसफाई कार्यक्रमको शुरुवात गरेका थिए । भरतपुर अस्पतालको आकस्मिक कक्ष, प्रशासन भवन, ओपिडी भवन लगायत अस्पताल परिसरमा यत्रतत्र देखिने फोहरमैला तथा प्लाष्टिकजन्य सामग्रीहरु सशस्त्र प्रहरी तथा अस्पतालका कर्मचारीहरुले एकसाथ मिलेर सफा गरेका थिए । Read the rest of this entry »

Older posts «

» Newer posts