हात्ती महोत्सवमा पर्यटकलाई विशेष छुट

राजेन्द्र आचार्य
सौराहा, ८ पुस
अङ्ग्रेजी नयाँ वर्ष एवम् क्रिसमसको अवसर पारेर आयोजना गरिने चितवन हात्ती महोत्सव २०७१ मा पर्यटकहरुलाई विशेष छुट योजना ल्याईएको छ ।
फरक शैलीमा हात्तीको पिकनिक समेत आयोजन गर्न लगिएको हात्ती महोत्सवमा स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई लक्षित गरि सौराहा बसाईमा आकर्षित गर्न विशेष छुट योजना ल्याईएको क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । संघको यो निर्णयपछि सौराहा आउने जोकोही पर्यटकले यहाँका सबै होटल तथा रेष्टुराँमा विशेष योजनासहित सेवा पाउनेछन् ।
चितवनको समग्र पर्यटनको विकास गर्ने उद्देश्यले सौराहामा आयोजना हुन लागेको चितवन हात्ती महोत्सव र अङ्ग्रेजी नयाँ वर्र्षसँगै पर्ने क्रिसमसलाई ध्यानमा राखेर सो योजना ल्याएको क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।
चितवन आउने हरेक किसिमका पर्यटकहरु यस अवधिमा सौराहाका होटलमा बास बस्दा कोठामा ३० प्रतिशत छुट दिने योजना ल्याइएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिए । पहिलो पटक हात्ती संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन हात्ती पिकनिक आयोजना गरेको बताउँदै उनले एक सय भन्दा बढी हात्तीलाई पिकनिकमा हात्तीलाई मनपर्ने परिकारहरु खुवाउने बताए । Read the rest of this entry »

कार्यालय नै बन्द गरेर खाजा खान

Subash News Picलापरवाहीको पराकाष्ठा ः त्रिवि डिन
सुवास पण्डित
भरतपुर, ७ पुस
वीरेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरु दिउँसो एक घण्टा सधैँ कार्यालयमा भोटेताल्चा झुण्ड्याएर खाजा खान जाँदा विद्यार्थीहरु मर्कामा परेका छन् । कार्यालय समय भन्दा आधा घण्टादेखि एक घण्टासम्म ढिलो आउने कर्मचारी दिउँसो दुई बजेदेखि तीन बजेसम्म कार्यालयमा भोटे ताल्चा लगाएर खाजा खान भन्दै दलबलका साथ बाहिरका होटलमा भेटिन्छन् ।
चार बजे नै क्याम्पस बन्द गरेर घर जान हतारिने कर्मचारीहरु एक घण्टा खाजा खाने समयलाई आफैले नियम बनाएका हुन् । दलबलसहित कर्मचारीहरु खाजाखान जाँदा सोमबार लाइब्रेरीको मूल गेटमा नै भोटेताल्चा लगाइएको थियो भने प्रशासनमा लेखा शाखा, कम्प्युटर शाखा खाली थिए । Read the rest of this entry »

Older posts «

» Newer posts