सेवा विस्तार गर्दै भरतपुर अस्पताल

bharatpur-hospitalसञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ पुस
भरतपुर अस्पतालले बिएन नर्सिङ र एमडी विषयको कक्षा सुरु गर्ने भएको छ । अस्पताललाई ‘मेडिकल कलेज’ को रुपमा अगाडि बढाउने लक्ष्य लिएसँगै आगामी वर्षदेखि सो कक्षा सुरु गर्न लागिएको हो ।
अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने र मेडिकल कलेजको रुपमा विकास गर्दै लैजाने योजना अनुसार काम अगाडि बढाईएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।
बुधबार अस्पतालमा पत्रकारहरुसँगको अन्तरक्रियामा समितिका अध्यक्ष सुवेदीले सरकारी सेवा र सुविधा भनेपछि राम्रो हुनुपर्ने मान्यतामा अस्पताल प्रशासन लागिपरेको बताए । ‘सरकारले लगानी गरेको र जनताले पनि उपचारको लागि पैसा तिर्ने भएका कारण सरकारी अस्पतालले निजी अस्पतालको भन्दा गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ ।’ सुवेदीले भने, ‘हामीले भरतपुर अस्पताललाई सफा, सहज र सुन्दर गुणस्तरीय सेवा दिने बिरामीमैत्री अस्पताल बनाउँदैछौँ ।’
अस्पतालको सुधारका काम गर्न डाक्टर माणिक मानन्धरको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको कार्यक्रममा जानकारी गराइयो । समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई निशुल्क रुपमा उपचार गर्नका लागि अस्पतालले उपचार कोष बनाउने अवधारणा ल्याएको पनि सुवेदीले कार्यक्रममा जानकारी दिए । Read the rest of this entry »

पत्रकारको देशव्यापी दबाबः माघ ८ मै संविधान ल्याउ

fnj picसञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ पुस
आगामी माघ ८ गतेभित्रमा संविधान जारी गर्ने भन्ने राजनीतिक दलहरुको प्रतिवद्धतालाई पूर्णता दिनका लागि दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघले मंगलबार देशव्यापी दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ ।
दुई महिनाअघि लमजुङको घले गाउँमा सम्पन्न महासंघको केन्द्रीय समिति वैठकले संविधान निर्माणमा दबाब दिनका लागि तीन महिने विशेष अभियान सञ्चालन गरेको थियो । महासंघको अभियान माघ ८ गतेसम्म विविध दबाबमूलक कार्यक्रमसहित जारी रहने जनाईएको छ ।
नेपाल पत्रकार महासंघको देशव्यापी अभियान अन्तर्गत चितवन शाखाले पनि मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर एक घण्टा संविधान निर्माणका लागि राजनीतिक दल र सभासद्हरुलाई दबाब दिएको छ ।
दलहरुले प्रतिवद्धता जाहेर गरेअनुसार संविधान जारी गर्न अब एक महिनामात्र बाँकी भएकाले सहमतिबाट संविधान जारी गर्ने मिति एक महिना बाँकी छ भन्ने सोहि सन्देश दिन महासंघको आयोजनामा विहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय चितवनको प्राङ्गणमा दबाबसहितको प्रदर्शन कार्यक्रम राखिएको हो । Read the rest of this entry »

Older posts «

» Newer posts