माछा खपत भएन ः कृषक

IMG_0006सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० पुस
चितवनमा उत्पादन भएको माछा स्थानीय बजारमा खपत नभएको माछा कृषकहरुले बताएका छन् । बिहीबार भरतपुरमा भएको व्यवसायिक माछा पालन तथा नया“ पोखरी निर्माण विषयक अन्तक्र्रियामा उपस्थित किसानहरुले चितवनमा भारतबाट माछा आउने गरेको तर यहा“को माछा अन्यत्र लैजानु परेको बताए ।
नेपाल मत्स्य व्यवसायी संघ, चितवनका अध्यक्ष जोगेन्द्र महतोले चितवनका व्यापारीहरुका कारण यहा“को माछा बाहिर लैजानु परेको बताए । ‘व्यापारीहरुले भारतबाट ल्याएको माछा बिक्री गर्ने गर्छन्, हामीले जिल्ला बाहिर माछा पठाउनु पर्छ’ महतोले भने,– ‘स्थानीय उत्पादनलाई हामीले कसरी स्थानीय बजारमा नै खपत गर्न सक्छौ“ भन्ने बारे सरोकारवालास“ग बसेर छलफल गर्नु जरुरी भएको छ ।’ Read the rest of this entry »

माडी नगरपालिका कार्यालयको उद्घाटन

Madi Nagarpalikaइन्दिरा दाहाल
माडी, १० पुस
नवघोषित माडी नगरपालिका कार्यालयको बिहीबार औपचारिक रुपमा उद्घाटन भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र चितवन क्षेत्र नम्वर–५का सभासद् बिक्रम पाण्डेले संयुक्त रुपमा झण्डोत्तोलन तथा होर्डिङ बोर्ड अनावरण गरी नगरपालिका कार्यालयको उद्घाटन गरेर्का िथए । ।
कार्यक्रममा मन्त्रालयका सचिव डा.सुवेदीले माडीमा विकासका प्रशस्त सम्भावना रहेको बताउँदै माडीलाई नयाँ रुप दिन माडीवासी एक भएर लाग्न सुझाव दिए । माडीका समस्या समाधान गर्न स्थानीयनै सक्रिय भएपछि सरकारले सहयोग गर्ने सुवेदीको भनाई थियो । उनले माडीवासीले राखेका समस्या र गुनासो सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता समेत जनाए । Read the rest of this entry »

Older posts «

» Newer posts