चितवन जिल्ला बचत तथा ऋण संघमा तेजेन्द्रको नेतृत्व

20141227_142557
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १२ पुस
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शनिवार सम्पन्न १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशनले आगामी तीन वर्षका लागि तेजेन्द्र बहादुर खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । खड्का यसअघि संघको सल्लाहकार सदस्य थिए । उनले भरतपुरस्थित दिपज्योति साकोसबाट संघमा प्रतिनिधित्व गरेका हुन् ।
संघको अधिवेशनमा जिल्लाभरका एक सय ५१ बचत तथा ऋण सहकारीका तीन सय दुई प्रतिनिधिले भाग लिएका थिए । संघमा एक सय ६१ सहकारी संस्था आवद्ध छन् ।
अधिवेशनले नवजागृति साकोसका हरिश्चन्द्र सुवेदीलाई उपाध्यक्षमा चयन गरेको छ । यसैगरी सचिवमा हिमाली महिला साकोसकी विद्या कोइराला, सहसचिवमा स्याउलीबजार साकोसका केशवप्रसाद रेग्मी र कोषाध्यक्षमा चित्रवन साकोसका रामराज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा जनज्योति साकोसकी विष्णुकुमारी चौधरि, देवआदर्श साकोसका ध्रुवराज मिश्र, सिद्धिविनायक साकोसका शालिकराम घिमिरे र प्रभात महिला साकोसकी ईश्वरी शर्मा ढकाल चयन भएका छन् । सञ्चालक समिति सरह पदावधि रहने संघको लेखा समिति अथर्व साकोसका भरतप्रसाद दवाडीको संयोजकत्वमा चयन भएको छ । लेखा समितिका अन्य सदस्यहरुमा सगुन साकोसका चुडामणि पौडेल र अयोध्यापुरी मध्यवर्ती साकोसका पूर्णभद्र पनेरु चयन भएका छन् ।
बन्द सत्रमा लामो प्रयासपछि संघको कार्यसमिति र लेखासमिति निर्विरोध हुन सफल भएको हो । सर्वसम्मत नेतृत्व चयनपछि संघको नयाँ नेतृत्व सम्हालेका तेजेन्द्र बहादुर खड्काले चितवनका सबै सहकारीको संस्थागत विकास र सदस्यहरुको आर्थिक समृद्धिका लागि संघलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । Read the rest of this entry »

आजदेखि हात्ती महोत्सव

Hattiराजेन्द्र आचार्य
सौराहा, १० पुस
चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको हात्ती महोत्सवको ११ औं संस्करण आज शुक्रबारदेखि शुरु हुँदैछ । आज शुक्रबारदेखि १५ गते मङ्गलबारसम्म सौराहामा आयोजना हुने लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।
प्रतियोगिताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापनदेखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिए ।
हात्ती महोत्सवका लागि सौराहालाई दुलही झैं सिंगारिएको छ । सौराहाका मुख्य बजार, होटल, पार्क, रिसोर्टहरु सजाइएको छ । ध्वजा पताकाले बजार क्षेत्र सिंगारिएको छ ।
चितवन हात्ती महोत्सवको ११ औं संस्करण भव्य समारोहकाबीच वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । बाजागाजा र स्थानीय भेषभुषा सहितको ¥यालीले सौराहा बजार परिक्रममा गरि मन्त्री आचार्यले सिठ्ठी फुकेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । Read the rest of this entry »

Older posts «

» Newer posts