मन्त्री रिजालको चितवनका एसपीलाई प्रश्न ‘फेरि अरू घटना भए के गर्नुहुन्छ ?’

IMG_20150103_103823सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ पुस
सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले गत मङ्सिर ४ गते अज्ञात समूहको आक्रमणमा परी घाइते भएका चितवनका पत्रकार नारायणप्रसाद अधिकारीमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।
मन्त्री रिजालसँगै शनिवार अधिकारीको घरमा पुगेका चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापालाई आक्रमणकारी पत्ता नलगाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले घटनाको अनुसन्धान निर्धक्क भएर गर्न आग्रह गरे । प्रहरी प्रमुख थापालाई उनले ‘फेरि अरू घटना भए के गर्नुहुन्छ ?’ भनी प्रश्न समेत गरे ।
‘डेढ महिना वितिसक्दा पनि घटनाको दोषी पत्ता लाग्न नसक्नुले तपाई हामी सबैको कमजोरी देखिन्छ । यसले तपाईको भूमिकामाथि पनि प्रश्न उठ्छ ।’ मन्त्री रिजालले थापालाई निर्देशन दिँदै भने, ‘जसरी पनि आक्रमणकारी पत्ता लगाउन विशेष ध्यान दिनुप¥यो ।’
पत्रकार अधिकारीलाइ मंसिर ४ गते साँझ कार्यालयको काम सकेर मोटरसाइकलमा घर फर्कदै गर्दा धारिलो हतियारले हातमा हानेर अज्ञात समूहले आक्रमण गरेका थिए ।
घटनालगत्तै रिजालले प्रधानमन्त्री र गृहमन्त्रीलाई यसबारेमा जानकारी गराएको बताउँदै पुनः जानकारी गराइ घटनाप्रति गम्भीर बन्ने बताए ।
आफ्नै घरनजिक अज्ञात समूहको आक्रमणबाट घाइते भएका अधिकारीलाई भेट्न घरमै पुगेका मन्त्री रिजालले पत्रकारहरूसँगको अन्तक्र्रियामा पत्रकारमाथिको आक्रमण स्वतन्त्र अभिव्यक्तिमाथिको आक्रमण भएको टिप्पणी गरे । अधिकारी नेपाल प्रेस युनियन चितवनका अध्यक्ष र राष्ट्रिय समाचार समितिका प्रतिनिधि समेत हुन् । Read the rest of this entry »

समयमै संविधान चाहियो – पापड

papadसमयमै संविधान चाहियो – पापड
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १४ पुस
संविधान सभाले निर्दिष्ट गरेको लक्ष र नेपाली जनताले समर्पित गरेको योगदानलाई सार्थक तुुल्याउन समयमै संविधान निर्माण गर्नुपर्ने चितवनका पेशाकर्मीहरुले बताएका छन् । देशमा देखापरेका राजनीतिक अस्थिरता र लम्बिरहेको संक्रमणकालले संविधानसभाको कार्यससम्पादनमा समेत नकारात्मक असर परेको भन्दै उनीहरुले राजनीतिक दलहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।
‘शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), चितवनले सोमबार संविधान निर्माणमा भईरहेको ढिलाई र प्रमुख राजनीतिक दलहरुको उदासिनताप्रति चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनमा गरेको अन्तरक्रिया कार्यक्रममा पेशाकर्मीहरुले भने– ‘दलहरुले घोषणा गरे अनुसार आगामी माघ ८ गतेभित्रैमा संविधान निर्माणको काम सुसम्पन्न गर्नुुपर्ने हाम्रो सुुस्पष्ट धारणा रहेको छ ।’
चितवनस्थित पापडमा आवद्ध संस्थाहरुको प्रतिनिधिमण्डलले संविधान निर्माणका लागि दवाब दिने उद्देश्यले सोमबार प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेलाई ज्ञापन पत्र दिँदै पापडको अवधारणाबारे जानकारी समेत गराएको थियो । कार्यक्रममा पापडका संयोजक एवम् नेपाल चिकित्सक संघ, चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले भने– ‘संविधान निर्माणको अनिवार्य पूर्वाधार पूर्ण शान्ति हो भने पूर्ण लोकतन्त्र, विधिको शासन, कानुनी राज, शान्ति र स्थिरताको सुनिश्चित व्यवस्था दिने वैधानिक स्रोत मुलुकको संविधान मात्र हो ।’ २०६२÷०६३ को जनआन्दोलनमा जस्तै पेशाकर्मीहरुको भूमिका मुलुकले खोजेको स्मरण गर्दै पौडेलले दलहरुलाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताए ।
संविधान निर्माण अभियानबारे पापडको अवधारणा समेटिएको ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेले पेशाकर्मीहरुले समयमै उठाएको सही मागलाई सम्बन्धित क्षेत्रमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । नेपाली जनताले खोजेको शान्ति–सुरक्षा, न्यायपूर्ण वातावरण र जनआन्दोलनले निर्दिष्ट गरेको मार्गमा राष्ट्रका साझा एजेण्डा संविधानमा समेटिनेमा आफू आशावादी रहेको पनि प्रजिअ बिकेको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले संविधान निर्माणका लागि पत्रकार महासंघले पनि तीन महिने विशेष अभियान चलाएको स्मरण गराए । ‘हामी तोकिएको समयावधिभित्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण हुनुपर्ने माग राख्छाँै । साथै अब बन्ने संविधान पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्छ ।’–पोखरेलले भने । Read the rest of this entry »

Older posts «

» Newer posts