‘चरम राजनीतिकरणले विकास रोक्यो’

New Imageआनन्द पोखरेल
भरतपुर, १९ पुस
राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर स्वर्णीम वाग्लेले मुलुकमा चरम राजनीतिकरणले विकासलाई रोकेको बताएका छन् । चितवन उद्योग संघको शनिबार आयोजित १५औँ साधारणसभामा वाग्लेले सबै क्षेत्रमा राजनीतिकरण भएकोले मुलुकको विकास हुन नसकेको टीप्पणी गरे ।
‘देशको जुनसुकै क्षेत्रमा पनि राजनीतिकरण भएको छ’ वाग्लेले भने,– ‘चरम राजनीतिकरणको कारण औद्योगिक क्षेत्रको समेत विकास हुन सकेन ।’ चितवनमा कृषि, स्वास्थ्य, सेवा र उद्योगको राम्रो सम्भावना रहेको समेत वाग्लेले औंल्याए ।
कृषि, उद्योग र सेवा क्षेत्र अगाडि बढेमात्र विकास भएको मानिने वाग्लेले बताए । ‘चितवन जिल्लामा कृषि, उद्योग र सेवा क्षेत्रमा धेरैनै सम्भावना रहेको छ’ वाग्लेले भने,– ‘यी तीनवटै क्षेत्रलाई उकास्नुपर्ने चुनौती हाम्रो सामु छ ।’
देशको मध्यभागमा रहेको चितवन जिल्ला कृषि भण्डारको रुपमा रहेको उल्लेख गर्दै वाग्लेले भने,– ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सक्ने र उद्योगको विकास गर्न सक्ने हो भने चितवनमा विकासको राम्रो सम्भावना छ ।’ मुलुकमा औद्योगिक पूर्वाधारहरुको सङ्कट, नीतिगत अस्पष्टता, चरम राजनीतिकरणले विकासलाई रोकेको वाग्लेको भनाई थियो । Read the rest of this entry »

‘दुई तिहाई लगानी निजी क्षेत्रबाट हुनुपर्छ’

Poultry Rally  Page 1मुकुन्द दहाल
भरतपुर, १७ पुस
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोबिन्दराज पोखरेलले नेपाललाई सन् २०२२ सम्ममा विकासशील अवस्थामा पु¥याउन निजी क्षेत्रको लगानी अनिवार्य भएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय पोल्ट्री दिवस–२०७१ कार्यक्रममा पोखरेलले नेपाललाई अति कम विकसित अवस्थाबाट विकासशील अवस्थामा पु¥याउन उत्पादनशील क्षेत्रमा करिब ९७ खरब रुपैयाँ खर्च गर्नु पर्ने आयोगको अनुमान रहेको बताए ।
पशु सेवा विभाग, पशुपंक्षी निर्देशनालय र नेपाल कुखुरा बजार व्यवसायी मञ्चद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले सरकारले मात्र सो रकम उपलब्ध गराउन नसक्ने भएकोले त्यसको दुई तिहाई रकम निजी क्षेत्रबाट लगानी गर्नु अनिवार्य भएको बताए ।
उत्पादनशील क्षेत्रमा दुई तिहाई लगानी गर्नुपर्ने भएकोले निजी क्षेत्रको मह¤व स्वतः रहने उनको स्पष्टोक्ति थियो । कुखुरा व्यवसायको लागि सरकारले दिने ६ प्रतिशत अनुदान र असिमित प्रिमियम लगायतका सकारात्मक प्रावधान बजेटमा समायोजन गर्न आफुले अर्थ मन्त्रायसँग समन्वय गरिरहेको पोखरेलले बताए । उनले अर्थ र कृषि मन्त्रालयसँग समन्वय गरेर सो प्रावधान लागू गर्न पहल गर्ने व्यवसायीहरुलाई आश्वासन दिए । Read the rest of this entry »

Older posts «

» Newer posts