चितवन महोत्सवको तयारी पूरा

???????????????????????????????सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २३ पुस
नारायणगढमा भोली शुक्रबारबाट सुरु हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ चितवन महोत्सव भोली पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा हुन गइरहेको छ । महोत्सवको सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए ।
बुधबार भएको मुल समितिको बैठकका सबै तयारी पूरा भएको जानकारी दिंदै आ–आफ्नो जिम्मेवारी पूरा गर्न कार्यगत समितिलाई निर्देशन समेत दिइएको संयोजक जोशीले बताए ।
यसपटक प्रदर्शकको चापका कारण महोत्सवमा स्टल थपेर ४९० पु¥याईएकाले विगत भन्दा भव्य हुने पनि संयोजक जोशीको दावी छ । नयाँ टुर प्याकेज सहितका कार्यक्रम, हेल्दी वेवी प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत भएको तथा महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण समेत हुने भएकाले यसपटक महोत्सवको रौनक बढ्ने आयोजकले जनाएको छ ।
बुधबार नारायणी नदीमा सभासद् सहितको टोलीले ¥याफ्टिंगको परिक्षण समेत गरेको छ । महोत्सवलाई उच्चस्तरिय बनाउन सजावटलाई पनि विशेष ध्यान दिईएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले बताए ।
समितिको वैठकमा संयोजक जोशीले करिब पाँच लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजक समितिको रहेको उल्लेख गरे । महोत्सव अवधिभरमा करीब २० करोड रुपैयाँभन्दा बढीको कारोबार तथा सम्झौता हुने पनि उनले जानकारी दिए । नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदानमा प्रधानमन्त्री सुशील कोइरालाले महोत्सवको उद्घाटन गर्नेछन् । Read the rest of this entry »

मैयादेवीको नाममा ट्रष्ट स्थापना

maiyadeviपाँच करोडको घरघडेरी ट्रष्टको नाममा
सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २० पुस
समाजसेवी एवम् पूर्व साँसद् मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । उनकै नामबाट दर्ता गरिएको ‘सुश्री मैयादेवी ट्रस्ट नेपाल’ लाई श्रेष्ठले घरघडेरी प्रदान गरेकी हुन् ।
नारायणगढको मेनरोडमा रहेको २२२ दशमलब ६८ वर्ग मिटर र त्यसमा बनेको तीनतले भवन श्रेष्ठले मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा पास गरिदिएकी हुन् । आफ्नो निजी घर जग्गा ट्रष्टको सम्पत्तिको रुपमा रहने गरी ‘सेवा नै परमो धर्म’ भन्ने उक्तिलाई आत्मसात गर्दै सम्पत्ति उपलव्ध गराएको ट्रष्टका महासचिव टंकनाथ पौडेलले आईतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
महासचिव टंकनाथ पौडेलका अनुसार उक्त घरघडेरीको हालको चल्ती मूल्य पाँच करोड रुपैयाँ बराबर रहेको छ । अविवाहित ८७ वर्षीया श्रेष्ठले सामाजिक संघसंस्थालाई करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्ति प्रदान गरिसकेकी छिन् ।
उनी बस्ने गरेको देवघाटको घर जग्गा ओम शान्ति मैयादेवी ट्रष्टलाई यसअघि नै प्रदान गरिसकेकी छिन् । ट्रष्ट विधिवत् रुपमा गएको वैशाख १९ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । Read the rest of this entry »

Older posts «

» Newer posts