चट्याङले माडीमा एकको ज्यान गयो

माडी, १७ साउन । चितवनको ग्रामिण भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार साझ परेको चट्याङ लागि बघौडा–७ निवासी ३४ बर्षीया कलैया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खेतमा धान गोड्दै गरेको अवस्थामा घाईते भएकि महतोको उपचारका क्रममा स्थानीय मेडिकलमा ज्यान गएको हो । संगै खेतमा धान गोडिरहेका उनका श्रीमान सुरेन्द्र महतो घाईते भएकोमा उनको माडी स्थित एक मेडिकलमा उपचार भैरहेको छ ।

वाईसिएलको अनिश्चितकालीन वन्दले चितवन ठप्प

राजेन्द्र आचार्य

चितवन, १७ साउन । चन्दा प्रकरणमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई सार्वजनिक मुद्दा चलाईएको विरोध एमाओवादी निकट योङग कम्युनिष्ट लिग वाईसिएलले आह्वान गरेको चितवन बन्दका कारण आज बिहानै देखि पूर्ण रुपमा प्रभाव परेको छ । वन्दका कारण जिल्लाका सडकहरुका साईकल र मोटरसाईकल वाहेकका कुनै पनि सवारी साधन चल्न सकेका छैन् । वाईसियलले बुधबार कार्यकर्ता रिहा नभए चितवननै ठप्प पार्ने चेतावनी अनुसार नै चितवन वन्द गरेका हुन् । वन्द भएसगै जिल्ला प्रहरी कार्यालय चितवनले शान्ति सुरक्षालाई मध्यनजर गर्दे चोक–चोकमा प्रहरी परिचालन गरेको प्रहरी उपरिक्षक प्रद्युन्न कार्कीले जानकारी दिए । Read the rest of this entry »

Older posts «

» Newer posts