प्रकाशकीय (सञ्चारपत्र ः सबैको सञ्चारमाध्यम )

imageव्यावसायिक पत्रकारिताको स्पष्ट अठोटसहितको यात्रालाई साथ दिन ‘सञ्चारपत्र दैनिक’ प्रकाशनमा आएको छ । ‘सञ्चारपत्र’ प्रकाशनको लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । लोकतन्त्रको स्थायित्व र शान्ति र समृद्धिद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने हाम्रो संकल्प हो ।
आम पाठकका समयसान्दर्भिक चाहना र रोजाइ नै ‘सञ्चारपत्र’का प्रस्तुति हुनेछन् । यो अब तपाई , हाम्रो अनि सबैको सञ्चारमाध्यम हुनेछ । समाजको सबै वर्ग, पेशा र विचार भएकाहरुको साझा चौतारी बन्नेछ । हामीलाई विश्वास छ, आम पाठकहरुले यो अभियानमा हामीलाइ साथ दिनु नै हुनेछ । वर्षौवर्षसम्म अगाडि बढिरहने हाम्रो चाहना पक्कै अधुरो हुनेछैन भन्ने विश्वास हामी दिलाउन चाहन्छांै । स्वतन्त्र पे्रस र नागरिकको सूचनाको अधिकारलगायतका लोकतान्त्रिक मूल्य–मान्यताप्रति अविचलित नरहनका लागि अबका दिनमा पनि हामी यही मार्गचित्रअनुरुप आफ्नो गन्तव्य तय गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । Read the rest of this entry »

लम्सालको ‘धोका खुवाउनेलाई’ वजारमा

Dhoka Khuwaune Lai CD cover Finalशिशिर सिंखडा

चितवन २७ साउन
लोक तथा दोहोरी गिती एल्वम ‘धोका खुवाउनेलाई’ हालै वजारमा आएको छ । पुर्वि चितवन पिठुवा ७ का रचनाकार यादव लम्सालको प्रस्तुती रहेको एल्वममा रेडियो चितवनका सञ्चारकर्मी एवंम गायक रामु आचार्य र गायक केशव शर्मा तथा अनिता शर्माको स्वर रहेको छ ।
एल्वमको संगीत संयोजन संगीतकार अर्जुन पोखरेलले गरेका छन् । जनजागृति उच्च मावि पिठुवामा स्कुले जिवन विताएका रचनाकार लम्साल कक्षा कोठामा र स्कुलको कार्यक्रममा समेत गित रचना गर्ने तथा सुनाउने गर्दथे । वाल्य अवस्था देखीनै गित संगीत भनेपछि औधी मन पराउने लम्सालको यस भन्दा अगाडी २०५९ सालमा पहिलो पटक शहर नामक आधुनिक गिती एल्वमा वजारमा आइसकेको थियो । त्यस पश्चात २०६५ सालमा लोक गितको एल्वमा दैलो खोलेर समेत रचनाकार लम्सालले स्रोता माझ प्रस्तुत गरेका छन् ।
आर्थिक अभावले आफुले रचना गरेको करिव एक दर्जन गित वजारमा ल्याउन नसक्दा उनि साह्रै दुखी छन् । मध्यम परिवारका लम्साल गित संगीत क्षेत्रमा लगानी गर्ने लगानीकर्ता भेटीएमा आफुले वर्षमा नै दुई तिनवटा लोक गितको एल्वम वजारमा ल्याउन सक्ने वताउछन् ।

Older posts «

» Newer posts