गुण्डा तह लागिसके ः एसपी कार्की

sp karkiआनन्द पोखरेल
भरतपुर, १० भदौ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रद्युम्न कार्कीले चितवनमा रहेका गुण्डाहरु तह लागिसकेका दावी गरेका
छन् ।
गुण्डागर्दी नियन्त्रण अभियान कहाँ पुग्यो ? भन्ने सञ्चारपत्रको प्रश्नमा कार्कीले भने– ‘चितवनमा रहेका गुण्डाहरु अहिले तह लागिसकेका छन् ।’ उनको प्रतिप्रश्न थियो– तपाईंले कतै कुनै अपराध सम्बन्धी घटना भएको थाहा पाउनु भएको छ ?
गत साउन १४ गते सरुवा भइ चितवन आएका कार्कीले आफु आएपछि यहाँको शान्ति सुरक्षामा सुधार भएको दावी समेत गरेका छन् । उनी भन्छन्– ‘हामीले विभिन्न खालका घटनामा संलग्न ५० जना भन्दा बढी शङ्कास्पद मान्छेहरुलाई पक्राउ गरेर सोधपुछ गरिसकेका छौँ, ती मध्ये दोषीलाई कारवाही प्रकृया अगाडि बढाउँदै छौँ ।’
कुनै पनि अपराधमा मुछिएका व्यक्तिबारे छिटो अनुसन्धान गरि मुद्दा टुङ्ग्याइने एसपी कार्कीले बताए । राजनीतिक संरक्षणका व्यक्तिको मुद्दा छिटो टुङ्गिने गरेको तर सर्वसाधारको हकमा भने अनुसन्धान प्रकृया लम्व्याइने गरिएको सन्दर्भमा कार्कीको भनाई थियो– ‘सर्वसाधारको मुद्दामा पनि हामीले छिटो अनुसन्धान गरी मुद्दा टुङ्गाउने गरेका छौँ । अब कुनै पनि घटनाका मुद्दाहरुलाई हामीले कम्तीमा पनि १५ दिनको म्याद राखी अनुसन्धान प्रकृया अगाडि बढाउने तयारीमा जुटेका छौँ ।’ Read the rest of this entry »

कृष्ण अधिकारी हत्या प्रकरण

krishna prasadसमाचार विश्लेषण ः मुकुन्द दहाल
तत्कालका लागि रोकियो अनुसन्धान
तत्कालीन नेकपा (माओवादी)द्वारा हत्या गरिएका गोरखा फूजेलका कृष्ण अधिकारी हत्याको तत्काल अनुसन्धान नहुने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउने वा नबढाउने अथवा बढाउन मिल्ने वा नमिल्ने भन्ने सतहमा देखिएको विवादको कारण नै अनुसन्धान प्रक्रिया प्रारम्भ नभएको होकी होईन त्यस बारेमा एकीन गर्न कठिन रहेको छ । तर पनि संबैधानिक अंग भएको कारण मानवअधिकार आयोगको सिफारिसको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने र जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट स्पष्ट कानुनी राय नआई अनुसन्धान प्रक्रिया अघि बढाउन नसकिने भन्ने विवादका कारण सो प्रक्रिया अघि नबढेको हो । Read the rest of this entry »

Older posts «

» Newer posts