बल्ने भो बिजुली माडीमा

sub-station (4)सविता श्रेष्ठ
चितवन, १२ भदौ
माडी क्षेत्रमा यो वर्ष बिजुली बत्ती बल्ने भएको छ । एक दशकदेखी अलपत्र परेको विद्युतीकरणको काम यो वर्ष भित्र पुरा हुने भएपछि माडीमा बिजुली बल्ने भएको हो ।
भरतपुर माडी ३३ केबी सवप्रशारण लाईन तथा ग्रामी परियोजना अन्तर्गत माडीमा अहिले बिद्युतीकरणको काम धमाधम भैराखेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयले सञ्चालन गरेको यो परियोजना अन्तर्गत माडीमा विद्युतीकरणको काम २०६६ सालबाट सुरु भएको हो ।
माडीको वसन्तपुरमा सवस्टेशन निर्माणको प्रकृया अन्तिम चरणमा पुगेको छ । परियोजना प्रमुख प्रमोद ढुङ्गानाका अनुसार सवस्टेशन निर्माणको सिभिल काम सकिन लागेको छ भने आवश्यक मेशिनरी सामान ल्याउने काम हुँदैछ । २४ करोडको अनुमानित बजेटमा थालिएका परियोजनामा अहिलेसम्म सवस्टेशन निर्माण लगायतका काम ६ करोड खर्च भएको छ । सवस्टेशनसम्म विद्युत पु¥याउन पाँच करोड र माडीमा विद्युत वितरण गर्न थप १० करोड रुपैयाँ लाग्ने ढुङ्गाना बताउँछन् । उनका अनुसार २०७० साल भित्र माडीको चार वटै गाविसमा विद्युतीकरण कार्य सम्पन्न हुनेछ र सम्पूर्ण माडीबासीले विद्युतको उपभोग गर्न पाउने छन् । Read the rest of this entry »

ट्रेड युनियन कांग्रेस स्वतन्त्रको महाधिवेशन २३ वर्ष पछि नयाँ नेतृत्व

04प्रवीण दत्त
रत्ननगर, ११ भदौ । नेपाली कांग्रेस निकट २५ शुभेच्छुक संगठनहरु आवद्ध नेपाल टे«ड युनियन महासंघ कांग्रेस स्वतन्त्रको चितवनको रत्ननगरमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट २३ वर्ष सम्मको एकल नेतृत्व परिवर्तन हुने भएको छ ।
प्रजातन्त्र पुनस्र्थापनासंगै २०४७ सालमा पहिलो अधिवेशनबाट संगठनको  नेतृत्वमा आएका लक्ष्मणबहादुर बस्नेतले पाँचौं राष्ट्रिय महाधिवेशनबाट औपचारिक बिदाई लिंदै नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । बस्नेतको एकल नेतृत्वबाट नेपालको ट्रेड युनियन आन्दोलनलाई उचाईमा पु¥याउन सफल भएको महाधिवेशनमा सहभागी धेरैको बुझाई रह्यो । महाधिवेशनमा सहभागी मजदुरहरुले बस्नेतले श्रमिक तथा ज्यालामजदुरीमा काम गर्नेहरुको पक्षमा रामै्र वकालत गरेपनि निति निर्माण तहमा बसेकाहरुले त्यो समस्या समाधान गर्ने तर्फ केन्द्रित नभएको गुनासो गरे । Read the rest of this entry »

Older posts «

» Newer posts