नारायणगढमा रोपाइँ जात्राको रौनक

jatraआनन्द पोखरेल
भरतपुर, १२ भदौ । एकातिर युवाहरु पञ्चेबाजाको तालमा छमछम नाच्दैछन्, अर्कातिर साना साना बाबुनानीहरु भगवान श्रीकृष्णको रुपमा सजिएर मख्ख छन् । लाग्छ यहाँ कुनै प्रतियोगितात्मक कार्यक्रम हुँदैछ । तर यो कुनै प्रतियोगितात्मक कार्यक्रम नभएर नेवार समुदायमा मनाउने रोपाईँ पर्वको रौनक थियो ।
नारायणी कला मन्दिर नारायणगढले आयोजना गरेको रोपाईँ जात्रामा विभिन्न १२ वटा संघ संस्थाहरुले सहयोगीको भूमिका निर्वाह गरेका थिए । असार साउनमा धान रोपेर सकिएपछिको दुःख कष्टलाई बिर्सनको लागि नाटकिय रुपमा रोपाईँ जात्रा मनाउने गरिएको कला मन्दिरका अध्यक्ष विज्ञानराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस पर्वसँग ऐतिहासिक पृष्ठभूमि पनि जोडिएको छ ।
नेवारी समुदायले फरक–फरक रुपमा मनाउने गरेको रोपाईँ जात्राले समुदायमा फाटो ल्याउन थालेको भन्दै नारायणी कला मन्दिरले विगत ११ वर्ष देखि सम्पूर्ण नेवार समुदायलाई एकत्रित गरेर रोपाईँ जात्रा गर्न थालेको समाजसेवी सूर्यबहादुर मास्केले बताए । मास्केका अनुसार रोपाईँ जात्रा शुरु गर्नु भन्दा पहिले अन्नकी देवी भनेर नेवार समुदायले मान्ने अन्नपूर्ण माईको पूजाआजा गरेर मात्रै यो पर्वको शुरुवात गरिन्छ । अन्नपूर्ण माईको पूजाआजा गरेपछि पर्याप्त मात्रामा अन्न उब्जनी हुने विश्वास रहेको पनि मास्केले जानकारी दिए । Read the rest of this entry »

टे«ड युनियन कांग्रेसमा देउवा पक्ष हावी

tradeunionअध्यक्षमा खिलानाथ दाहाल बिजयी
रत्ननगर, १२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेस–स्वतन्त्रको चितवनको रत्ननगरमा बुधबार सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट खिलानाथ दाहाल विजयी भएका छन् । दाहाल काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर हुन् ।
दाहालले सभापति शुशिल कोईराला पक्षधर पुष्कर आचार्यलाई ६२ मत अन्तरले पराजित गरेका हुन् । दाहालले ७ सय ८६ मत र आचार्यले ७ सय २४ मत प्राप्त गरेका थिए ।
बरिष्ठ उपाध्यक्षमा कोईराला पक्षधर रामजी कुँवर ७ सय ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि कृष्णप्रसाद पौडेलले  ६सय १८ र रिता खनालले ७७ मत प्राप्त गरेका थिए ।
खुल्ला तर्फका दुई उपाध्यक्षमा कोईराला पक्षधर अयोध्या प्रसाद यादव र देउवा पक्षधर गणेश प्रसाद निरौला बिजयी भएका छन् । खुल्ला महिला तर्फको उपाध्यक्षमा देउवा पक्षधर रमा पौडेल निर्वाचित भएकी छन् ।
सेवा क्षेत्र तर्फ उपाध्यक्षमा देउवा पक्षधर बमबहादुर डिसी निर्वाचित भएका छन् । उत्पादन क्षेत्र तर्फको उपाध्यक्षमा देउवा पक्षकै ललित श्रेष्ठ निर्वाचित भएका छन् । अनौपचारिक क्षेत्र तर्फको उपाध्यक्षमा पनि देउवा पक्षधर कल्पना अधिकारी निर्वाचित भएकी छन् । Read the rest of this entry »

Older posts «

» Newer posts