चिठी घट्दै राजश्व बढ्दै

Postmanआनन्द पोखरेल
भरतपुर, १३ भदौ
जिल्ला हुलाक कार्यालय, चितवनले पाँच वर्ष अगाडिसम्म साप्ताहिक रुपमा करिब दुई हजार पाँच सय जति चिठीपत्रहरु दर्ता गरी पत्रवाहकलाई पठाउने गथ्र्यो । तर अहिले त्यस्तो छैन । हुलाकमार्फत आउने चिठीपत्रमा कमी आएको छ । भदौको पछिल्लो साप्ताहिक गणनामा एक हजार चार सय चिठी जिल्ला हुलाकमा दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्ला हुलाकले पहिले लोकसेवा आयोगको परीक्षा फाराम भर्दैनथ्यो । हाल आएर लोक सेवाको परीक्षा फाराम भर्ने, केबुलको नविकरण र क्षेत्र बिस्तार, एफएमको लोक कल्याणकारी विज्ञापनको सिफारिस, पत्र पत्रिकाको हुलाक दर्ता र नविकरण लगाएतका अन्य कामहरु पनि गर्दै आएको छ ।
सूचना, प्रविधिको विकासले हुलाक मार्फत चिठी पत्र पठाउने परम्परा घट्दै गएको छ भने हुलाकले अन्य वैकल्पिक काममा हात हाल्नु परेको छ । तर हुलाकले समयानुसार आफुलाई परिवर्तन भने गर्न नसकेको प्रष्ट देख्न सकिन्छ । हुलाकले पु¥याउने सेवाका सम्बन्धमा आम नागरिकलाई जानकारी गराउन नसकिएको चितवन जिल्ला हुलाक कार्यालयका वरिष्ठ हुलाक अधिकृत केदारबहादुर भट्टराई बताउँछन् । Read the rest of this entry »

मुटु रोगको उपचार अब चितवनमै

CMCप्रवीण दत्त
चितवन मेडिकल कलेजले अत्याधुनिक नयाँ उपकरण भित्रयाएसँगै मुटु सम्बन्धी सम्पूर्ण रोगको उपचार चितवनमै हुने जनाएको छ । विगतमा यो अत्याधुनिक उपकरणको अभावमा मुटुको उपचार गराउन काठमाडौं तथा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता थियो ।
मेडिकल कलेजले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर सात करोड रुपैयाँ पर्ने यो अत्याधुनिक उपकरण भित्र्याएको कलेजका प्रबन्ध निर्देशक डा. हरिश न्यौपानेले जानकारी दिए । कलेजले अब मुटु सम्बन्धी सबै तथा गम्भीर प्रकृतिका बिरामीहरुको उपचार यहीँबाट गर्न सकिने जनाएको छ । कलेजका अनुसार हाल यसप्रकारको उपकरण काठमाडौंको गंगालाल हृदय रोग अस्पताल, नर्भिक अस्पताल, बयोधा अस्पताल तथा ग्राण्डी अस्पतालमा मात्र रहेको छ ।
कलेजका प्रबन्ध निर्देशक डा. न्यौपानेले काठमाडौँ बाहिर धरानमा यस्तै उपकरणबाट सेवा दिएपनि आफुहरुले भित्र्याएको जस्तो अत्याधुनिक नरहेको बताए । उपकरण भित्र्याएसँगै कलेजले अस्पताल परिसरमा ‘क्याथ ल्याब’ को स्थापना गरि सेवा दिन थालेको छ । उक्त क्याथ ल्याबको बिहीबार एक समारोह बिच गंगालाल हृदय रोग अस्पताल काठमाडौंका मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले रिबन काटेर शुभारम्भ गरेका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts