हत्याबारे गाउँलेसँग सोधपुछ

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा छानविन गर्न गठित प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत कमाण्डको टोलीले अनुसन्धानको कारबाही अघि बढाएको र उक्त घटना देख्ने तथा सुनी थाहा पाउने चौध जना व्यक्तिसँग घटना विवरण कागज गराइसकेको जनाएको छ ।
कार्यालयका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस र लिखित निर्देशन बमोजिम कृष्ण प्रसादको स्थायी ठेगानाका स्थानीय व्यक्तिहरुसँग सत्यतथ्य बुझ्ने र प्रतिवेदन लिने कार्य गरिरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको उक्त कार्यालयद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।
सरकारले अनसनमा रहेका अधिकारी दम्पतीलाई आफ्नो जीवन रक्षा गरी न्याय प्राप्तिको प्रयत्नमा सक्रिय हुन पुनः आग्रह गरेको छ । उहाँहरुको जीवन रक्षाका लागि अनसन तोड्न लगाउने कार्यमा आ–आफ्नो तर्फबाट सघाउन राष्ट्रिय मानव अधिकार आयोग, राजनीतिक दल, मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार, नागरिक समाजलगायत सम्बन्धित सबैसँग सरकारले अनुरोध गरेको छ । Read the rest of this entry »

औपचारिक अनुसन्धान शुरु भयो ः एसपी कार्की

sp karkiकृष्ण प्रसाद अधिकारी हत्याको अनुसन्धानको विषय यतिबेला राष्ट्रिय रुपमा चर्चाको बिषय बनेको छ । अधिकारीका बुबा आमा छोराको हत्यामा संलग्न भएकाहरुलाई कार्बाहीको माग गर्दै आमरण अनसनमा बसिरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था अतिनै नाजुक भैसकेको छ । प्रमुख राजनीतिक दलका नेताहरु र अन्तरिम मन्त्रीपरिषद्का अध्यक्षसमेतले अनसन अन्त्य गर्न अनुरोध गरेपनि उनीहरु मानिरहेका छैनन् । यस्तो अवस्थामा उनीहरुको जीवन रक्षा सबैको प्राथमिकतामा परेको छ ।  गोरखा जिल्ला फूजेल गाविस वडा नम्बर ७ का १७ वर्षिय कृष्ण प्रसाद अधिकारीको तत्कालीन नेकपा माओवादीले ०६१ जेष्ठ २४ गते चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर–१ बकुल्लहरबाट अपहरण गरि गोली हानेर हत्या गरेको सम्बन्धमा भइरहेको अनुसन्धान बारे जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रद्युम्न कार्कीसँग सञ्चारपत्र दैनिकका लागि मुकुन्द दहालले गर्नुभएको कुराकानी ः   Read the rest of this entry »

Older posts «

» Newer posts