डलरस“गै सुनको मूल्य उकालो लाग्दा बजार उथलपुथल

goldराजेश घिमिरे
भदौ १४ गते शुक्रवार चितवनको बजारमा सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा बिक्रि भयो । विहीबारको तुलनामा यो १ हजार रुपियाँले कम हो । तर साउनको अन्तिम साता देखि बुधवार सम्म भने सुनको मूल्यमा निरन्तर बृद्धि भएको थियो । मङ्गलबार ६० हजार चार सय रुपैयाँमा बिक्रि भएको सुन बुधबार एकै पटक तीन हजार चार सयले बढेपछि बजारनै उथलपुथल बन्यो । नेपाली बजारमा बुधबारको सुनको मूल्य र त्यसको बृद्धिदर अहिलेसम्मकै उच्च हो । यसले बजारमा सुनको कारोबार ह्वात्तै घट्यो । सुन पसलहरुमा किन्नेको भन्दा बेच्नेको भिड बढ्ने अवस्था आयो ।
नेपालमा सुनको मूल्यमा उतारचढाव आउनु कुनै नौलो बिषय भने होइन । छिमेकी अर्थतन्त्रको चेपुवामा परेका मूलुकमा यसलाई समान्यरुपमा लिने गरिन्छ । सामान्यतया नेपाली बजारमा सुनको मूल्य डलर र पेट्रोलियम पदार्थले निर्धारण गर्छ । अमेरिकी डलर बलियो भएर मूल्य बढ्दा सुनको मूल्य घट्ने र पेट्रोलियम पदार्थको मूल्य बढ्दा सुनको मूल्य बढ्ने चलन छ । तर, नेपाली बजारमा बेला बखतमा अमेरिकी डलरस“गै सुनको मूल्य पनि उकालो लाग्ने गर्छ । Read the rest of this entry »

कृष्णप्रसाद अधिकारी हत्या प्रकरण

NANDA-PD-ADHAKARI-AT-BIR-HO_20130829100239अनसन तोड्न मन्त्रिपरिषद्का अध्यक्षको अनुरोध
‘अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढिरहेको छ’
काठमाडौँ, १३ भदौ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वीर अस्पतालको सघन उपचार कक्षमा अनसनमा रहेका अधिकारी दम्पतीलाई बिहीवार भेटेर अनसन तोड्न आग्रह गरेका छन् ।   
गोरखाका नन्दप्रसाद र गङ्गामाया अधिकारी आफ्ना कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् । अध्यक्ष रेग्मीले बिहीवार बिहान वीर अस्पताल गई अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि अनसन तोड्न अनुरोध गरेका हुन् ।
अधिकारी दम्पतीको स्वास्थ्यस्थिति बुझेर बाहिरिने क्रममा अस्पताल परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष रेग्मीले उनीहरुले उठाएको विषयबारेमा अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढिरहेको बताए ।
अध्यक्ष रेग्मीले भने– ‘मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढेको छ, अहिलेको स्थितिमा जीवन रक्षा महत्वपूर्ण भएकाले आश्वस्त भएर तपाईंहरुले औषधि र खानेकुरा लिएर जीवनरक्षा गर्नुहोस्, न्याय प्रक्रिया विश्वसनीय ढङ्गले अघि बढेको छ भनेर मैलै आश्वस्त तुल्याएँ ।’ Read the rest of this entry »

Older posts «

» Newer posts