केरा खेतीले तान्यो किसानको मन

प्रवीण दत्त
रत्ननगर, १६ भदौ
व्यवसायिक केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ पूर्वी चितवनका किसानहरुको आकर्षण बढेको छ ।
रत्ननगर नगरपालिका, पदमपुर, जयमङ्गला, पिठुवा, जुटपानी लगायतका कृषकहरुले व्यवसायिक रुपमा गरेको केराखेतीबाट अहिले मुलुककै ५० प्रतिशत बजार धानेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यवसायिक रुपमा केराखेती थाल्नु अघि थुप्रै चुनौती खेप्न बाध्य यहाँका कृषकहरुले अहिले उत्पादन र बजार  राम्रो पाउन थालेपछि उत्साहित बनेका छन् ।
कृषकहरुका अनुसार भारतबाट आउने केरा बन्द गर्न सके मुलुकमै उत्पादन भएको केराले पुरै बजार धान्न सकिने अवस्था छ । यहाँका कृषकहरुले राम्रो आम्दानी लिन थालेपछि अहिले अन्य कृषि पेशामा लागेकाहरु पनि केरा खेती तर्फ आकर्षित हुन थालेका छन् ।
केरा व्यवसायी संघ चितवनका अनुुसार एक वर्ष अघिसम्म व्यवसायिक केरा खेती गर्ने किसानको संख्या २ सय ५० को हाराहारिमा भएपनि अहिले त्यो संख्या बढेर ३ सय ७५ भन्दा बढी पुगेको छ । Read the rest of this entry »

सौराहामा स्टार लेभलको होटल

hotelसौराहा, १६ भदौ
मुलुककै तेश्रो पर्यटकीय नगरि चितवनको सौराहामा करिव १६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक तवरले निर्माण गरिएको ‘सेभेन स्टार’ नामको होटल आईतबारदेखि सञ्चालनमा आएको छ । उक्त होटलमा जिल्लामै पहिलो पटक मिनी क्यासिनो पनि राखिएको छ ।
सेभेन स्टार होटलका सञ्चालक माधव दुवाडीका अनुसार यो होटल चितवनकै पहिलो स्टार लेभलको होटल हो । आफुहरुले स्टारका लागि चाहिने सबै मापदण्ड पुरा गरिसकेकाले आफ्नो होटल ‘टुस्टार’ भएको उनले बताए ।
चितवन कुमरोजका दुवाडीले आफु र डा. नुरदेव प्रसाद कंडेलले संयुक्त लगानी गरेर होटल सञ्चालनमा ल्याएको बताए । सञ्चालकले स्टार लेभलको लागि चाहिने प्रमाणपत्रको प्रक्रियामा आफुहरु गईसकेकाले चाँडैनै ल्याउने दाबी गरेका छन् ।
होटलको आईतबार एक समारोह बीच होटल एशोसियसन अफ नेपालका केन्द्रिय अध्यक्ष श्यामसुन्दर लाल कक्षपतिले उद्घाटन गरे । होटलको मुख्य आकर्षणको रुपमा मिनि क्यासिनो र करिब ७ सयजना भन्दा बढी अटाउने सेमिनार हल रहेको छ । होटल सञ्चालकले होटल परिसरको क्यासिनो आफुहरुको व्यवस्थापनमा नभई अरुले नै भाडामा लिई सञ्चालन गरेको बताए । ‘हयाप्पी आवर’ को नामबाट सञ्चालित मिनी क्यासिनो भने होटल उद्घाटन नहुँदै सञ्चालनमा आइसकेको छ । Read the rest of this entry »

Older posts «

» Newer posts