गाई पालनमा युवाहरुको आकर्षण

cowआनन्द पोखरेल
भरतपुर, १८ भदौ
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्वारा लगानी गरिएको ऋणबाट युवाहरु गाई पालन तर्फ अग्रसर भएको देखिएको छ ।
कोषले सहकारी मार्फत तीन सय जना युवाहरुलाई ऋण प्रदान गरेकोमा दुई सय युवाहरुले गाई पालन गरिरहेका स्वरोजगार कोषका चितवन जिल्ला प्रमुख रामचन्द्र लम्सालले जानकारी दिएका छन् । स्वरोजगार बन्नको लागि ऋण लिने करिव एक सय युवाहरु कृषि तर्फ आकर्षित भएका उनले बताए ।
स्वरोजगार कोषमार्फत ऋण लिएर गाई पालन गरिरहेका गीतानगरका युवा प्रदिप तिमल्सिना भन्छन्– ‘मैले अन्नपूर्ण दूग्ध सहकारी संस्थाबाट ऋण लिएर दुईवटा गाई किनेर स्वरोजगार बनेको छु । दैनिक २० देखि २२ लिटर दूध बिक्री गर्ने गरेको छु, पहिले भन्दा अहिलेको आर्थिक अवस्थामा सुधार आएको छ ।’
गीतानगरकै विना ढकालले सोही कार्यक्रम अन्तर्गत सहकारीबाट ऋण लिएर स्वरोजगार बनेकी छिन् । आफुले सहकारीबाट ऋण लिएर दूई वटा र आफ्नै प्रयासमा गरी आठ वटा गाई पालेको उनले बताइन् । ‘राम्रो कमाई भएको छ, मासिक रुपमा ऋणको किस्ता तिरेर पनि घरखर्च चलाएकी छु’ उनले खुसी हुँदै भनिन् । Read the rest of this entry »

लक्ष्मीनारायण वस्त्रालयलाई साढे चार करोड कर

नारायणगढ, १७ भदौ 
नारायणगढको लक्ष्मीनारायण वस्त्रालयलाई राजस्व अनुसन्धान विभागले करिब साढे चार करोड रुपैयाँ कर तोकि भुक्तानीका लागि ताकेता गरेको छ । राजस्व छली गरेको आरोप लागेका वस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई चार करोड ५८ लाख आठ सय २३ रुपैयाँ बुझाउनुपर्ने भनि गएको असार मसान्तमा राजस्व अनुसन्धान विभागबाट पत्र आएको थियो ।
‘प्राथमिक कर निर्धारणका क्रममा लक्ष्मीनारायण वस्त्रालयलाई सो रकम भुक्तानी गर्न भनिएको हो । आयकर लगायतका अन्य कर जोड्दा उनले तिर्नुपर्ने रकम १२ करोड रुपैयाँको हाराहारीमा हुन्छ’ राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो । डेढ महिना पहिले नै यस विषयमा विभागबाट वस्त्रालयलाई जानकारी गराइएपनि सञ्चालक लक्ष्मीनारायण श्रेष्ठ अन्यायमा परेको र यत्रो रकम तिर्न नसक्ने भनि यहाँका व्यवसायीले आपत्ति जनाउँदै आएका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts