नारायणी नदी वौलायो । चितवन डुवानमा ।।। + फोटो फिचर

नारायणी नदीमा पानीको  सतहले खतराको संकेत नाघेको छ । मुहान तथा पहाडी क्षेत्रमा निरन्तर वर्षा भैरहेकाले पानीको सतह निकै बढेको बर्षा मापन केन्द्र देवघाटले जनाएको छ । Read the rest of this entry »

सामुदायिक वनको आम्दानी विपन्न वर्गलाई

DSC01734शिशिर सिंखडा
साउन ५ गते
चितवन,शक्तिखोर । पूर्वी चितवनको जनप्रगति सामुदायिक वन उपभोक्ता समुह शक्तिखोरले समुहमा प्राप्त आम्दानी गरिब एवम् विपन्न परिवारको जिवनस्तर उकास्न सहयोग गरेको छ ।
वि.स.२०५८ सालमा स्थापना भई २०६० मा हस्तान्तरण भएको सो वन समुहले आफनो समुह भित्र रहेका विपन्न,गरिब एवम् आयस्तर कम भएका बर्गको पहिचान गरि उनीहरुको आयआर्जन एवम् आर्थिक उपार्जनमा सहयोग गर्दै आएको हो ।
वन समुहले हाल सम्म १५ लाख रुपैया भन्दा बढि रकम विपन्न बर्गको उत्थानको लागि लगानी गरिसकेको समुहका अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा मात्रै समुहले ५लाख रुपैया भन्दा बढि सहयोग गरेको उहाँले बताउनु भयो । २ सय ७० घरधुरी रहेको यस समुहका विपन्न उपभोक्ता मध्य हाल सम्म समुहले विपन्नलाई आवास कार्यक्रम अन्र्तगत १९ जना उपभोक्तालाई घर निर्माण गरिदिएको छ । समुहको १७ हजार रुपैया अनुदान र ३ हजार रुपैया उपभोक्ताको गरि घर निर्माण सम्पन्न गरिएको हो ।

Read the rest of this entry »

Older posts «

» Newer posts